वित्तीय तरलता कम गर्न २० अर्बको रिपो बजारमा, १६ अर्ब सापटी लिएका बैंकहरुको निक्षेप भने बृद्धि
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार २२:३२:४४
२८ भदौ, काठमाडौं । वित्तीय क्षेत्रमा देखिएको तरलता संकुचन घटाउन नेपाल राष्ट्र बैंकले रिपो मार्फत २० अर्ब रकम बजारमा पठाएको छ । राष्ट्र बैंकले गत बिहीबार रिपो मार्फत बजारमा २० अर्ब रुपैयाँ पठाएको हो । यसको १४ दिन अवधि ताकिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यसअघि ३० अर्बको रिपो र २५ अर्बको ओभरनाइट पर्चेज मार्फत बैंकमा तरलता पठाइसकेको जनाएको छ । तरलता सुविधा र ओभरनाइट रिपोमार्फत २१ भदौसम्म १४ खर्ब ५० अर्ब ८० करोड ३० लाख रुपैयाँ गरी चालु आर्थिक वर्षमा १५ खर्ब ५ अर्ब ८० करोड ३० लाख रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको राष्ट्र बैंकले जनाएको छ ।
यता, बैंकहरुले २ महिना नपुग्दै १६ खर्ब भन्दा बढी रकम राष्ट्र बैंकबाट तरलता सापटी लिएका छन् । बैंकिङ प्रणालीमा तरलता संकुचनको अवस्था आउँदा बैंकहरुले यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकसँग सापटी लिने प्रचलन छ । आर्थिक वर्षको दुई महिना नसकिंदै बैंक तथा वित्तीय संस्थाले १६ अर्ब भन्दा बढी तरलता सुविधा लिइसकेको राष्ट्र बैंकको भनाइ छ ।
साउनयता २६ भदौ २०७९ सम्म बैंकहरुले कुल १६ खर्ब २४ अर्ब ९१ करोड ६५ लाख रुपैयाँ बराबरको तरलता सुविधा लिएका छन् । यसमध्ये १ खर्ब ६७ अर्ब ७८ करोड ७० करोड राष्ट्र बैंकलाई भुक्तानी गर्नुपर्ने बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ । उनीहरुले स्थायी तरलता सुविधा ओभरनाइट रिपो, आभेरनाइट पर्चेज र रिपो मार्फत १५ खर्ब २३ अर्ब १३ करोड ५० लाख रुपैयाँ राष्ट्र बैंकबाट सापटी लिएका हुन् । रिपोमार्फत ५० अर्ब रुपैयाँ, ओभरनाइट पर्चेजमार्फत १५ अर्ब ८५ करोड र ओभरनाइट रिपो मार्फत ३६ अर्ब ९३ करोड १५ लाख रुपैयाँ बैंकहरुले सापटी लिएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकहरुले सापटी लिएर बक्यौत रहेकोमा २० अर्ब रुपैयाँ बराबरको रिपो रहेको छ । केन्द्रीय बैंकले २३ भदौमा १४ दिनको लागि रिपो मार्फत २० अर्ब बजारमा पठाएको थियो । उक्त रिपो परिपक्व हुन बाँकी रहेको छ । यसबाहेक ६९ करोडको ओभरनाइट रिपो र १ खर्ब ४७ अर्ब ९ करोड ७० लाख एसएलएफ सुविधाको रकम बैंकहरुसँग बक्यौता रहेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा रिपोमार्फत राष्ट्र बैंकले ४ खर्ब ७६ अर्ब ३९ करोड, सोझै खरिदमार्फत ५५ अर्ब ९२ करोड र स्थायी तरलता सुविधामार्फत ९१ खर्ब ७० अर्ब ११ करोड गरी कुल ९७ खर्ब २ अर्ब ४१ करोड तरलता प्रवाह गरेको थियो ।
यसैगरी लगातार घट्दो क्रममा रहको बैंकहरुको निक्षेपमा पछिल्लो साता सुधार आएको छ । भदौ १७ सम्मको तथ्यांक अन्ुसार वाणिज्य बैंकहरको निक्षेप ११ अर्बले वृद्धि भएको छ । २०७९ असार मसान्तमा ४५ खर्ब ४१ अर्बसम्म पुगेको वाणिज्य बैंकहरुको निक्षेप २७ साउनमा ४४ खर्ब २१ अर्बसम्म झरेको थियो । त्यसपछि ३१ साउनमा बढेर ४४ खर्ब ३३ अर्बसम्म पुगेको भएपनि ३ भदौमा घटेर ४४ खर्ब २६ अर्बमा झरेको थियो । भदौमा १० ४४ खर्ब २६ अर्ब कायम रहेको निक्षेप १७ भदौमा आउँदा ४४ खर्ब ३७ अर्ब पुगेको हो ।
निक्षेपमा सुधार आएपछि बैंकहरुले कर्जा लगानी पनि बढाउन लागेका छन् । भदौको तेस्रो साता वाणिज्य बैंकहरुको निक्षेप साढे ७ अर्बले वृद्धि हुँदा कर्जा लगानी पनि करिब ७ अर्बले बढेको थियो । १७ भदौमा ४४ खर्ब ३७ अर्ब ४६ करोड रहेको वाणिज्य बैंकहरुको निक्षेप २४ भदौमा आउँदा ७ अर्ब ५१ करोड रुपैयाँले वृद्धि भई ४४ खर्ब ४४ अर्ब ९७ करोड पुगेको थियो ।
सोही अवधिमा बैंकहरुको कर्जा लगानी ४१ खर्ब ८१ अर्ब २२ करोडबाट ६ अर्ब ८६ करोडले बढेर ४१ खर्ब ८८ अर्ब ८ करोड पुगेको बताइएको छ । ०७९ असार मसान्तमा ४५ खर्ब ४१ अर्ब ४४ करोड पुगेको निक्षेप साउन लागेसँगै लगातार घटेर २७ साउनमा ४४ खर्ब २० अर्ब ५६ करोडसम्म झरेको थियो । त्यसपछि भने निक्षेपमा सुधार देखिन लागेपनि उल्लेख रुपमा भने बढ्न सकेको छैन । जसले गर्दा माग भएपनि बैंकहरुले कर्जा लगानी गर्न सकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार