नेकपा एसका नेपाल र खनालमाथि खनिँदै ओलीले भने, ‘एक सीटसम्म जित्लान, थ्रेसहोल्ड कट्दैन’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार २२:५५:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/KP-oli-pokhara_jUaFc7CBLE.jpg)
२८ भदौ, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधनकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालप्रति अक्रोस पोखेका छन् । उनले नकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउने दाबीसमेत गरेका छन् ।
नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै ओलीले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकता नै नरहने दाबी गरे । उनले यो भविष्यवाणी लेखेर राख्नुस् भन्दै माधव नेपालले ३ प्रतिशत पनि नकटाउँने र गठबन्धनका कारण एक सिटसम्म जित्न सक्ने बताए ।
ओलीले मालेलाई विभाजन गरेको भन्दै नेपालसहित झलनाथ खनालप्रति आक्रोश पोखे । ’समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित विगतमा आफ्नो नेतृत्वको सरकारकाले विकास निर्माणको कार्यलाई द्रूतरूपमा अघि बढाएकोमा माधव नेपाल, झलनाथ खनालहरूले आफ्नै पार्टी फुटाएको आरोप उनको थियो ।
उनले आफूले काम गर्न नसक्ने र अरूले गरेको रिस डाहा गर्ने प्रवृत्ति माधव नेपालमा रहेको आरोप लगाए । उनले भने, ‘आफ्नै एमाले नेतृत्वको सरकार ढाल्ने काम माधव नेपाल, झलनाथ खनालहरू पार्टी फुटाउने खेलमा लागे । चुनावमा के देखेर माधव नेपालको पार्टीलाई भोट दिने ? कुन कामका लागि भोट दिने ? पार्टी फुटाएकाले, सरकार ढालेकाले, केका लागि भोट दिने वा प्रतिक्रियावादीको सभामा सामेल भएर एमालेलाई गाली गरेबापत भोट दिने ।’
आउने निवार्चनमा एमालेले अनिर्वाय जित्नैपर्ने बताउँदै ओलीले सत्तागठबन्धनले देश बर्बादीतर्फ धकेलिरहेको, परराष्ट्र सम्बन्ध बिगारेको र राष्ट्रियतामा संकट उत्पन्न गरिरहेको बताए । उनले भने, ‘यो सरकारले स्वाधीनताको स्वतन्त्रताको उपयोग गर्ने हिम्मतै गर्दैन । सत्ता प्राप्ति, सत्ता जोगाउने र लुटतन्त्र गर्ने उसको उद्देश्य हो । देश विकास र जनताप्रति उत्तरदायी हुने कुनै कामै गरेको छैन ।’
राष्ट्रियता बचाउने, सुशासन कायम गर्ने, विकासको अभ्यास अगाडि बढाउनका लागि आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव एमालेले जित्नैपर्ने उनको जोड थियो । उनले अहिले पनि एमाले ठूलो पार्टी भएको उल्लेख गर्दै उनले चुनावपछि बहुमतवाला पार्टी हुनुपर्ने बताए । सत्ता गठबन्धनले वृद्धभत्ताका लागि उमेर घटाएकोमा उनले आपत्ति जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार