रसुगागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट, रिजलट हेर्ने कसरी ?
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बुधबार १८:१३:५३
२९ भदौ, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले २३ असारदेखि ३१ साउनसम्म आयोजना प्रभावितलाई ६८ लाख ४२ हजार एक सय कित्ता शेयर निष्काशन गरेको थियो । उक्त शेयर रीतपूर्वक आवेदन दिएका आवेदकहरूलाई मंगलबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।
आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, वडा नम्बर १ थुमन र वडा नम्बर २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका बासिन्दाले आवेदन दिन दिएका थिए । यस्तै, गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नम्बर ३ बृद्धम, वडा नम्बर ४ लाङटाङ, वडा नम्ब्र ५ स्याफ्रुबेशी र वडा नम्बर ६ धुन्चे तथा सामान्य प्रभावित जिल्लाका बाँकी सबै बासिन्दाहरुले पनि आवेदन दिएका थिए ।
शेयर बाँडफाँटको नतिजा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल तथा सह–बिक्री प्रबन्धकहरु एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओ नतिजा हेर्न बनाएको https://iporesult.cdsc.com.np/ पनि रिजल्ट हेर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
प्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय गुण्डा नाइके विश्नोइको नाममा धम्की दिएको आरोपमा झापाका हरिप्रसाद फुँयाल पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यी बानी अवश्य अपनाउनुहोस् कपाल झर्न रोक्छ
मंसिर १४, २०८१ शुक्रबार