सनराइज् बैंक बन्याे युनीफाईड पेमेन्ट इन्टरफेस नेपालको सदस्य
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बुधबार २०:११:१६
२९ भदौ, काठमाडौं । सनराइज् बैंकले आफ्नो सेवा सुविधाविस्तार गर्ने क्रममा, युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल ( UPI Nepal ) सँग अन्तरआबद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रा.लि.संग सम्झौता गरेको छ ।
सनराइज् बैंकको केन्द्रिय कार्यालय गैहि«धारामा आयोजित एक समारोह बिच सनराइज् बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्ट सर्भिस प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।
२१औं शताब्दीमा विश्वभरी डिजिटल प्रविधिको माध्यमबाट आर्थिक कारोवार भईरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धिहरुको उपयोगमा नेपाल पनि क्रमिक रुपमा अगाडि बढिरहेको छ ।
सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने ( UPI Nepal ) प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भने यस सेवा सुरुभए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले UPI मार्फत सन्राइज बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतिय पर्यटकले सन्राइज बैंकका मर्चेन्टहरुमा भारतिय बैंककै एपमार्फत QR कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस सेवाले भारतबाट प्राप्तहुने बिप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मदत गर्ने विश्वास बैंकले लिएको छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पु¥याउदै कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंकको रुपमा अगाडी बढी रहेको यस बैंकले २५,००० भन्दा बढी मर्चेन्ट नेटवर्क ( POS तथा QR ), १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९५ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवाप्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूह बीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार
युवाहरूबीच कुटपिट हुँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार