ठुलो पुरस्कार राशीको दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप हुँदै
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बुधबार २०:२८:१९
२९ भदौ, काठमाडौं । काठमाडौंको बौद्धस्थित छोरतेन स्नुकर क्लवको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप आयोजना हुने भएको छ । प्रतियोगिता नेपाल स्नुकर तथा पूल संघले आयोजना गरेको कार्यक्रम हो ।
भदौ २५ देखि असोज १५ गतेसम्म हुने यो प्रतियोगिता नेपालमा आयोजना भएको अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशीको हुनेछ । प्रतियोगितामा देशभरका ५२ जिल्लाबाट २ सय ५६ जना खेलाडी सहभागी हुने आयोजकले अनुमान गरेको छ ।
खेलाडी छनोट, दर्ता, निर्णायकहरुको प्रवन्ध सबै नेपाल स्नुकर तथा पूल संघले गर्ने संघका अध्यक्ष सरोजकुमार मुल्मीले बताउनुभयो । दुई वर्षअघि आयोजित कार्यक्रममा ४३ जिल्लाका खेलाडी सहभागी थिए ।
१४७ ब्रेक प्वाइन्ट ल्याए १० लाख पुरस्कार
स्नुकर खेलमा १४७ ब्रेक प्वाइन्ट सबैभन्दा धेरै हो । १५ रातो र १५ कालो बल लगातार होलमा छिराएर त्यति अंक ल्याउनु अविश्वसनीय मानिन्छ । त्यसैलै आश्चर्यजनक नतिजा निकाल्नेलाई १० लाख रुपैयाँको आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । विश्वस्तरमा पनि यो सफलता सीमित खेलाडीले मात्र पाएका छन् ।
संघका अध्यक्ष मुल्मीका अनुसार अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले १४७ ब्रेक प्वाइन्ट ल्याउन सकेका छैनन् । हालमा नेपाल नम्बर एक रेगन श्रेष्ठले बुधबारै १४० ब्रेक प्वाइन्ट ल्याएर कीर्तिमान बनाएको उनले जानकारी दिए ।
त्यसैगरी सेन्चुरी ब्रेक अर्थात १०० भन्दा बढी ब्रेकप्वाइन्ट ल्याउने खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा ८० भन्दा बढी ब्रेक प्वाइन्ट ल्याउने खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार निर्धारण गरिएको छ । प्रतियोगिताको उपाधि विजेताले २ लाख ५१ हजार, उपविजेताले १ लाख ११ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही ५१ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, राइजिङ खेलाडी र अनुशासित खेलाडीलाई जनही ११ हजार तथा क्वाटरफाइनलमा पुग्ने खेलाडीलाई जनही ११ हजार रुपैयाँ पुरस्कार दिइनेछ । प्रतियोगिताका लागि खेलाडीले ३ हजार रुपैयाँ दर्ताशुल्क बुझाउनुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार