अर्जुनचौपारीमा मुक्तिनाथ बैंकको वित्तीय साक्षरता सम्पन्न
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बिहिबार ०:२६:५२
२९ भदौं, स्याङ्जा । मुक्तिनाथ विकास बैंक अर्जुनचौपारी शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंक अन्र्तगत लघुवित्त विभागमा आबद्ध महिला सदस्यहरुको सहभागितामा अर्जुनचौपारी बजारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
वित्तीय साक्षरतामा सहभागि महिला सदस्यहरुलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले मुक्तिनाथ विकास बैंकको लगानीमा ग्रामीण क्षेत्रका महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएको बताए । महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर भएमात्रै परिवारका सदस्यहरु खुसि र सुखि हुने अध्यक्ष तिवारीले बताए ।
वित्तीय साक्षरता कार्यक्रममा बोल्दै मुक्तिनाथ विकास बैंकका समाबेशी बैंकिङका प्रमुख विजय गुरुङ्ले मुक्तिनाथ बैंकले स्थापना कालदेखि ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरुको आर्थिक विकासमा लगानी गर्दै आएको बताए । उनले महिलाहरुलाई आत्मनिर्भर बनाउन बैंकले समयसापेक्ष रुपमा लगानी बृद्धि गर्दै जाने सुनाए ।
कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष नारायण ढकाल, मुक्तिनाथ विकास बैंकका उप–क्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्ले, अनुगमन अधिकृत बालकृष्ण रेग्मीले व्यवसाय बृद्धि गर्न बैंकले सबै क्षेत्रका व्यवसायीसँग हातेमालो गर्ने बताए ।
त्यस अवसरमा मुक्तिनाथ कृषि कम्पनी क्षेत्रिय कार्यालय पोखराका प्रमुख भुमीराज भण्डारीले बैंकसँगै कृषि कम्पनी मार्फत मुक्तिनाथले आयात निरुत्साहित गर्न उत्पादनमा जोड दिएको बताए । मुक्तिनाथ कृषि कम्पनीले कृषिमा आधुनिकीरण गर्नका लागि कृषकसँग सहकार्य गर्दै अगाडी बढ्ने योजना बनाएको प्रमुख भण्डारीले बताए ।
वित्तीय साक्षरता कार्यक्रम ४४ नं. का केन्द्र प्रमुख तथा गाउँपालिकाका उपाध्यक्ष सपना गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रमको संचालन सौराज अर्यालले गरेका थिए । कार्यक्रममा स्वागत तथा बैंकको प्रगति प्रतिवेदन शाखाका प्रमुख निर्मल मरासिनीले प्रस्तुत गरेका थिए ।
मुक्तिनाथ विकास बैंक अर्जुनचौपारी शाखामा १ सय १९ महिला समूहमा झण्डै ३ हजार महिलाहरु आबद्ध छन् । बैंक मार्फत करिब १९ करोड ऋण लगानी भएको बैंकले जनाएको छ । बैंकले पुतलीबजार र भीरकोट नगरपालिका तथा अर्जुनचौपारी, आँधीखोला गाउँपालिका र पर्वतको महाशिला गाउँपालिकामा सेवा प्रबाह गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार