‘हृदय’को विशेष संस्करण लोकार्पण, नियमित संस्करण असोज पहिलो साता आउँदै
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बिहिबार १:२८:०
२९ भदौ, काठमाडौं । तीन दशकदेखि मुटुको उपचारमा संलग्न डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष सीमित संस्करण काठमाडौंमा सोमबार आयोजित विशेष समारोहमा लोकार्पण भएको छ । विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण गरिएको छ ।
यसको अङ्कित मूल्य २५,०००।– (पच्चीस हजार रुपैयाँ) छ । विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण परियोजनामा खर्च गरिनेछ । विशेष संस्करण खरिद गरी सहयोग पु¥याउने २५०० सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ । डा. भगवान कोइराला र बालस्वास्थ्यमा समर्पित समूहले काठमाडौँसँगै सातै प्रदेशमा बाल अस्पताल निर्माणको लक्ष्य लिएको छ । यो बृहत परियोजनालाई सफल पार्न आफूहरुले सानो पहल मात्र गरेको फाइनप्रिन्टले जनाएको छ ।
विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्छन् । ‘हृदय’को विशेष सीमित सीमित संस्करणले सीमित संस्करणको संस्कार र पद्धतिमा एउटा मानक खडा गर्ने फाइनप्रिन्टले विश्वास लिएको छ । हृदयको विशेष सिमित संस्करण ाष्लभउचष्लत।अयm।लउ मा गई अनलाइन अर्डर गर्न तथा फाइनप्रिन्टको ९८४३५७९०३१ मा सम्पर्क गर्न सकिने फाइनप्रिन्टले जनाएको छ ।
पुस्तकको नियमित संस्करण भने असोज पहिलो सातादेखि बजारमा उपलब्ध हुने फाइनप्रिन्टको भनाइ छ । नियमित संस्करण काठमाडौंका लागि प्रतिपुस्तक ६५० र काठमाडौं बाहिरका लागि ५७५ मूल्यमा उपलब्ध हुने फाइनप्रिन्टले बताएको छ । नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व सोही बाल अस्पताल निर्माण कोषलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेका छन् । निर्माणाधीन बाल अस्पतालमा ‘हृदय’ पढ्ने हरेक पाठकको लगानी हुनेछ । ‘गंगालाल मुटुका लागि भर पर्दो संस्था बने झैं बालबालिकाका लागि किआच हुनेछ भन्ने हाम्रो विश्वास छ,’ फाइनप्रिन्टका नीरज भारीले भने ।
बाल अस्पताल नै किन ?
डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विमोचन उनले नै शल्यक्रिया गरेका दुई बालबालिकाले गरे । १३ वर्षका सौरभजंग केसीको २ वर्षमा र १३ वर्षकै एलिजा चन्दको १० वर्षको उमेरमा शल्यक्रिया भएको थियो । अहिले उनीहरु स्वस्थ छन् । यी दुई बालबालिकाले समयमै उपचार पाएर स्वस्थ जीवन बिताइरहेका छन् । तर नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन जनाले आफ्नो पाँचौं जन्मदिन देख्न पाउँदैनन् । आधारभूत स्वास्थ्य सेवा र बेलैमा उपचार नपाएका कारण ज्यान गुमाएका बालबालिकालाई देखेर डा. कोइरालाको मन सधैं दुखिरहन्छ ।
डा. कोइरालाको मनमा जुन अभाव खट्कियो, त्यसैको परिपूर्तिका लागि उनले विशिष्टीकृत बाल अस्पतालको खाका कोरेका थिए । हाल काठमाडौंमा त्यस्तो विशिष्टीकृत केन्द्रीय अस्पताल ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) का रूपमा निर्माणाधीन छ । त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । विशिष्टीकृत बाल अस्पतालमा बालबालिकाका लागि सबै किसिमका स्वास्थ्य सेवा एकीकृत रुपमा उपलब्ध हुने डा. कोइरालाले बताए ।
कोइरालाको यही लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउने उद्देश्यले प्रकाशक फाइनप्रिन्टले उनको पुस्तक ‘हृदय’को विशेष संस्करण प्रकाशन गरेको हो । डा. कोइरालाले जीवनमा भोगेका सङ्घर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणा पुस्तकमा समेटिएको छ ।
पुस्तकमार्फत सहयोग जुटाउने आफूहरूको यो सानो प्रयास मात्र रहेको उनको भनाइ छ । ‘नेपाल र विश्वभर छरिएर रहेका हामीभन्दा सक्षम, सबल र सचेत व्यक्ति एवम् संस्था आआफ्नो ठाउँबाट जुट्यौँ भने डा. कोइरालाले बालबालिकाका लागि बनाउने भनेको विशिष्टीकृत अस्पतालको सपना पूरा हुन पक्कै असम्भव छैन, यो उहाँहरु सबैलाई आह्वान पनि हो,’ भारीले भने ।
कार्यक्रममा योग विज्ञान तथा जीवनशैली प्रशिक्षण र पुस्तक लेखन एवम् वातावरण संरक्षणको क्षेत्रमा परिचित डा. राजु अधिकारीले ‘हृदय’ले धेरै ‘हृदय’ बचाउन सक्ने भएकाले डा. कोइरालाको पहलमा सबैले साथ दिन आग्रह गरे । साथै स्वस्थ मानिसबाट मात्र स्वस्थ सिर्जना एवम् रचनात्मक काम हुन सक्ने उनको भनाइ थियो ।
डा. कोइरालाको पुस्तक ‘हृदय’ले लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथा मात्र भन्दैन, कोइरालाको व्यवस्थापकीय गुणको चर्चा पनि गर्छ । यस कृतिले नेपालको चिकित्सा क्षेत्रका समस्या, समाधान, उपलब्धि र सम्भावनाहरूबारे प्रस्ट्याउने फाइनप्रिन्टले जनाएको छ । कार्यक्रममा अनिल शाहीको विशेष साङ्गीतिक प्रस्तुतिसमेत थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
भदौ १८, २०८१ मंगलबार
पोखरामा अखण्डको उपन्यास ‘बोरा’ को परिचर्चा
साउन २७, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार