सिमकोटमा विद्युत् सेवा बन्द
नेपालबहस संवाददाता
भदौ ३०, २०७९ बिहिबार १७:३१:१२
३० भदौ, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा एक हप्तासम्मका लागि विद्युत् सेवा बन्द भएको छ । फर्बे ट्यांकीबाट मुहानसम्मको नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुुम वितरण केन्द्रले एक हप्ताका लागि सिमकोटको विद्युत् सेवा बन्द गरेको हो ।
वितरण केन्द्रका अनुुसार नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुुम विद्युत् वितरण केन्द्रद्वारा आपूर्ति गर्दै आएको विद्युत् सेवा बुधबार दिउँसोदेखि बन्द गरिएको छ । फर्बे ट्यांकीदेखि मुहानसम्मको नहर चुहिने समस्या आएपछि त्यसलाई मर्मत गर्न थालिएकाले विद्युत् आपूर्ति बन्द गरिएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख साजन ऐडीले बताए । निर्माण कम्पनी पक्षलाई एक हप्ताभित्र सम्पन्न गर्न केन्द्रले निर्देशन दिइएको छ । यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुुई हजारभन्दा बढी ग्राहक प्रत्यक्ष मर्कामा परेका छन् ।
बुधबारदेखि सदरमुकाम सिमकोटका सरकारी तथा गैरसरकारी कार्यालयको काम र व्यवसायसमेत बन्द भएका छन् । यस्तै हुम्ला जिल्ला अस्पतालमा विद्युत् सेवा नहुँदा एक्सरे, भिडियो एक्सरे सेवा पनि ठप्प भएको छ । वितरण केन्द्रका सेवाग्राहीले हप्ता दिनसम्म अन्धकारमा बस्दै आउनुपर्ने भएको छ । प्रत्येक वर्ष दशैँको मुखमा वितरण केन्द्रले मर्मतका लागि भन्दै विद्युत् सेवा बन्द गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार