सद्भावभन्दा दुर्भावमै अग्रसर नेताहरु : शत्रुता साँध्नमै लाग्ने नेताबाट कस्तो लोकतन्त्रको आशा गर्ने ?
भेषराज पोखरेल
भदौ ३१, २०७९ शुक्रबार १६:१९:५१
राजनीतिक दलका शीर्ष नेताबाट जनताले सद्भावको आशा गरेका हुन्छन् । सबै राजनीतिक दलका नेताहरुबीच सद्भाव रहोस्, जुनसुकै दलमा आस्था राखेपनि सामान्यजनमा पनि सद्भाव बनिरहोस्, यसमा नेताहरुले विशेष भूमिका खेलून् भन्ने चाहन्छन् । पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताहरुले अन्य दल र समूहका नेताहरुबीच सद्भाव बढाउने तथा सर्वसाधारण जनताबीच सौहाद्र्धता बढाउनुको साटो आपसमा दुर्भाव बढाउनमै समय खर्चन थालेको देखिएको छ । नेताहरुले आफ्ना प्रतिस्पर्धीहरुमाथि जति धेरै दुर्भाव बढायो, जति धेरै घृणा फैलायो उति धेरै जनताको भोट पाएर जितिने जस्तो गरी व्यवहार देखाउन थालेका छन् ।
उनीहरुको व्यवहारका कारण आमजनतामा पनि आपसी घृणा बढेर जाने हो कि भन्ने डर बढेर गएको छ । अहिले प्रायः दालहरुमा दलीय नीति, निर्णय र योजनाभन्दा शीर्ष नेताले जे चाह्यो त्यही नै सिद्धान्त बनाउने गरिन थालेको छ । नेताहरुले आफ्ना प्रतिस्पर्धी दलका नेतालाई ठूलो शत्रु ठान्ने र सकेसम्म समाप्त गर्ने गरी अपमानित गर्ने तर तिनका अन्य नेताहरुलाई भने आफ्नो दलमा भित्राउन फूलमाला, अविर जात्रा गर्ने नीतिले दलका नीति समाप्त गर्न लागिरहेका छन् । यस्ता होडबाजीले राजनीतिमा हुनुपर्ने नैतिकता समाप्त हुने अवस्था सिर्जना गरेको छ । यसले देशलाई थप अन्धकारतिर धकेल्ने निश्चित छ ।
राजनीतिमा दुर्भाव सकेसम्म बढी बढाउनमा कम्युनिष्ट दलहरुका शीर्ष नेताहरु अति सक्रिय देखिएका छन् । यस्तो प्रवृत्ति तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा फुटेपछि नेताहरुले अझ दु्रत गतिमा बढाउँदै आएका छन् । अहिले एमालेका अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल र उनको नेतृत्वको माओवादी केन्द्र र माधवकुमार नेपाल र उनको नेतृत्वको एकीकृत समाजवादी केन्द्रप्रति सकेसम्म दुर्भाव फैलाएर समाप्त गर्न चाहन्छन् ।
उनले ती दलका अन्य दोस्रो, तेस्रो तहका नेताहरुलाई भने फूलमाला, अविरसहित रातो कार्पेट बिछ्याएर आफ्नो पार्टी एमालेमा भित्राउन कुनै कसर बाँकी राखेका छैनन् । उनले दाहाल, नेपालसहित अन्य शीर्ष नेताहरुलाई कम्युनिष्ट दलका गद्दार व्यक्ति भन्दै आएका छन्, अन्य विभिन्न आरोपसमेत लगाएका छन् । उनले संविधानप्रति गरेको व्यवहारका कट्टर विरोधी नेताहरुसँगै माओवादी र एसमा रहेका नेताहरु अहिले कसरी उनको र एमालेको सिद्धान्तका अनुयायी हुन सक्छन् ? पद पाइन्छ कि भनेर यताउता लाग्ने नेताहरुको सिद्धान्तमा प्रतिबद्ध हुने गुञ्जायस कहाँ रहन्छ ?
कांग्रेसका दोस्रो, तेस्रो तहका नेताहरुले पनि यो कुरालाई गम्भीर रुपमा लिएको देखिएको छैन । बरु नेताकै चाकडी रमाउने गरेका छन् । अर्को, कांग्रेस नेताहरुको धेरै ठूलो पंक्तिले राजनीतिमा भइरहेको, राज्यसंयन्त्रमा भइरहेको दलालीकरणलाई हटाउन चाहन्न बरु त्यसैमा रमाइरहेको छ ।
माओवादी अध्यक्ष दाहाल र एसका अध्यक्षले पनि एमाले अध्यक्ष केपी ओलीलाई सकेसम्म रमाप्त पार्न, खुइल्याउन, अपमानित गर्न अनेक शब्दबाँण खर्चेका छन् । उनीहरुले पनि केपी ओलीले जस्तै पुष्टि नगरिएका तर गम्भीर आरोप लगाउँदै आएका छन् । दाहाल, नेपाल पनि आउन चाहने एमालेका केपी ओलीबाहेक जुनसुकै नेतालाई आफ्ना पार्टीमा फूलमालासहित अविरजात्रा गर्न तयार छन् । केपी ओलीको भन्दा शक्तिमा कमजोर भएकाले एमाले नेताहरु माओवादी केन्द्र र एसमा प्रवेश गर्ने लहर भने चलेको छैन । आगामी निर्वाचनले कस्तो परिणाम देखाउँछ, त्यसले पनि नेता, कार्यकर्ताहरुको आवतजावतको दिशा बदल्नेछ ।
उग्रता देखाउन प्रयास गर्ने, गफ अनेकौं गर्ने तर देश र जनतालाई राम्रो गर्न नसक्ने क्षमताहीन र दलाल पुँजीवादमा चुर्लुम्म डुबेर रमाउने कम्युष्ट नेताहरुका कारण नेपालमा कम्युनिष्टको सुप्रभाव कतै देखिएको छैन । यति हुँदाहुँदै पनि कम्युनिष्ट आन्दोलनको कल्पना गर्ने हो भने केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल तथा सत्ताका नजिक नभएका अन्य धेरै नेताको महत्व उत्तिकै छ । हुन त यी नेताहरुले कम्युनिष्ट नीति पूरै रुपमा छाडेर कम्युनिष्टको बुख्याँचा मात्रै लिएर हिँडिरहेका छन् । त्यही भएरै होला नेपाली समाजमा उस्तै वर्गका बीचमा पनि दुर्भाव फैलाएर लडाउन प्रयास गरिरहन्छन् ।
दलहरुका शीर्ष नेताहरुमा देखिएको यही दुर्भावपूर्ण व्यवहार, शत्रुता र आफ्नो स्वार्थका लागिपार्टी नीति नै निरस्त गर्ने व्यवहारका कारण समाजमा पनि यी भाव फैलन थालेको देखिएको छ ।
राजनीतिलाई व्यस्थित गर्ने, आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै प्रजातन्त्रलाई बलियो बनाउने कुरामा कांग्रेसका नेताहरु पनि चुक्दै आएका छन् । कांग्रेसका शीर्ष नेताहरुले पार्टीभित्रका सम्भावना भएका नेताहरुलाई कसरी स्थापित गर्ने भन्नेतिर लाग्नुपर्नेमा त्यसको उल्टो सधैं सबै आफै लिन चाहने, चरम गुटबन्दी गर्ने, अरुलाई सकेसम्म अवसर नदिने, आपसी दुर्भाव फैलाउने, जनतालाई विभाजित गर्ने गर्दै आएका छन् ।
कांग्रेसका दोस्रो, तेस्रो तहका नेताहरुले पनि यो कुरालाई गम्भीर रुपमा लिएको देखिएको छैन । बरु नेताकै चाकडी रमाउने गरेका छन् । अर्को, कांग्रेस नेताहरुको धेरै ठूलो पंक्तिले राजनीतिमा भइरहेको, राज्यसंयन्त्रमा भइरहेको दलालीकरणलाई हटाउन चाहन्न बरु त्यसैमा रमाइरहेको छ । उनीहरुले आफ्नो र आफ्ना आसेपासेका लागि कांग्रेस नीतिलाई नै तिलञ्जली दिन थालेका छन् । घात, अन्तरघात व्यापक रुपमा बढ्दै जाँदा आउँदो निर्वाचनमा यो प्रवृत्ति कांग्रेसका लागि ठूलो खतराको विषय बन्ने देखिएको छ ।
दलहरुका शीर्ष नेताहरुमा देखिएको यही दुर्भावपूर्ण व्यवहार, शत्रुता र आफ्नो स्वार्थका लागिपार्टी नीति नै निरस्त गर्ने व्यवहारका कारण समाजमा पनि यी भाव फैलन थालेको देखिएको छ । पछिल्लो समय नेताहरुका बोलीलाई लिएर सामाजिक सञ्जालहरुमा चरम घृणा फैलाउने गरी अत्यन्तै नकारात्मक टिप्पणी आउन थालेका छन् । तल्लो स्तरका गालीगलौजका भाषामा टिप्पणी गर्नेहरुले संघीयता, लोकतन्त्र र पार्टी पद्धतिप्रति नै अनेक खालका घृणा फैलाइरहेका छन् ।
यो प्रजातन्त्रका वा लोकतन्त्रका लागि खतराको अवस्था हो । दलहरुका शीर्ष नेताहरुले न दलालीकरणलाई त्याग्न सक्छन् न नेताहरुबीचमा दुर्भाव फैलाउन छाड्न्, यस्तो अवस्थामा के गर्ने ? यसको सबैभन्दा राम्रो उपाय भनेको पार्टीभित्रकै बौद्धिक मानिने नेताहरु, प्रजातन्त्रवादी तथा कम्युनिष्ट बौद्धिकहरु लगातार रुपमा यस्ता प्रवृत्तिका विरुद्ध आवाज उठाउनु हो । त्यसो नगरेर आफ्नो व्यक्तिगत लाभका लागि शीर्ष नेताहरुको तावेदारी गर्ने, दासता स्वीकार्नतिर लागिरहने हो भने नेपालको राजनीति कहिल्यै सुध्रिँदैन, देश पनि बन्दैन, जनताले सुख पाउने अवस्था पनि आउनेछैन ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार