पुटिन र सी चिनफिङबीच भेट, सन्तुलित अडानका लागि पुटिनको धन्यवाद
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १३:७:४४
३१ भदौ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी चिन फिङलाई युक्रेन मामिलामा बेइजिङको ‘सन्तुलित अडान’का लागि धन्यवाद दिएका छन्।
बीबीसीका अनुसार मस्कोले युक्रेनमा अतिक्रमण सुरु गरेपछि रुस र चीनका राष्ट्रपतिहरू पहिलोपटक प्रत्यक्ष रूपमा बिहीवार उज्बेकिस्तानको समरकन्दमा भेटेका हुन्। पुटिनले ‘एकल ध्रूविय विश्व’ खडा गर्ने प्रयासहरूको निन्दा गरेका छन्।राष्ट्रपति सीले चीनले ‘ठूला शक्तिका रूपमा’ रुससँग सहकार्य गर्न खोजेको बताएका छन्। भेटवार्तापछि प्रतिक्रिया दिँदै उनले रुसलाई कुनै नयाँ सहयोगको घोषणा नगरेको बताए।
महत्त्वपूर्ण समयमा भेट
चीनले युक्रेनमा रुसको अतिक्रमणलाई समर्थन गरेको छैन तर युद्ध सुरु भएयता मस्कोसँग उसको व्यापार र अन्य सम्बन्ध निरन्तर बढ्दो छ। पछिल्ला दिनमा रुसी फौजले यसअघि नियन्त्रणमा लिएका युक्रेनी क्षेत्रहरू गुमाइरहेको महत्त्वपूर्ण समयमा साङ्घाई सहकार्य सङ्गठनको सम्मेलनको अवसरमा दुई नेताहरूबीच भेट भएको हो।जसक्रममा उनीहरूले एक संयुक्त वक्तव्य जारी गर्दै द्विपक्षीय सम्बन्धको ूकुनै सीमा नभएकोू जनाएका थिए।
जसको केही दिनमा रुसले युक्रेन अतिक्रमण सुरू गरेको थियो। दुवै नेताहरूबीचको यसअघिको भेट शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा गत फेब्रुअरीमा भएको थियो।
पछिल्ला सहकार्य
रुसले युक्रेनमा आक्रमण सुरू गरेपछि बेइजिङले युद्ध अन्त्यको आह्वान गर्दै सार्वभौमिकताको महत्त्वमा जोड दिएको छ। तर उसले त्यसलाई रुसी अतिक्रमण भन्न निरन्तर अस्वीकार गर्दै आएको छ जसलाई रुसी नेताहरूले विशेष सैन्य कारबाही भन्दै आएका छन्। पछिल्ला साताहरूमा चीनले रुससँग संयुक्त सैन्य अभ्यास गर्नका लागि आफ्ना फौजहरू पठाएको छ। र आफ्नो निकट सम्बन्धमा थप जोड दिनेगरी रुसी समकक्षीहरूलाई भेट्न समेत बेइजिङले वरिष्ठ अधिकारीहरूलाई त्यसतर्फ पठाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार
टर्कीएमा बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार