कांग्रेसका दुबै महामन्त्री बिरामी, शर्मा घर फर्किदा गगनलाई भयो डेँगु
केदार भट्टराई (काका)
भदौ ३१, २०७९ शुक्रबार १५:२९:४५
३१ भदौ,काठमाडौं । आगामी प्रदेश प्रतिनिधिसभका निर्वाचनका लागि उम्मेदवार चयनको मारामारी चलिरहेका बेला नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विरामी परेका छन् । महामन्त्री शर्मा मृगौलामा पथ्थरी भएका कारण त्यसको अप्रेसन गरी दुई दिन अघिमात्र घर फर्किएका छन् भने अर्का महामन्त्री गगन थापालाई डेँगु पुष्टी भएको छ ।
थापालाई हिजो बिहीबार डेँगु पुष्टी भएको हो । अस्पतालमा परिक्षण गरी अहिले महामन्त्री थापा ज्ञानेश्वरीस्थत आफ्नै निवासमा उपचार गराइरहेका छन् । महामन्त्री थापाका स्वकीय सचिव शैलेश सिटौलाका अनुसार चिकित्सकले उनलाई भिडभाडमा नबस्न सल्लाह दिएको र थापाले घरमै चिकित्सकले सिफारिस गरेको औषधी लिइरहेका छन् ।
निर्वाचन आयोगले समानुपातिक तर्फको बन्दसूची बुझाउने म्याद असोज २ र ३ गते तोकेको छ । तर, उम्मेदवार चयनमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने दुबै महामन्नत्री विरामी भएपछि कांग्रसका समानुपातिक उम्मेदवार चयनमा समस्या देखिएको छ । महामन्त्री थापाले यसअघि सबै व्यवस्थापन गर्दै आएका थिए । स्वकीय सचिव सिटौलाका अनुसार थापालाई अध्याधिक धपेटी भएकालले स्वास्थ्यमा अन्य असर पनि परेको छ ।
महामन्त्री थापा केही दिन देखि बिहान ८ बजेदेखी राती अबेरसम्म कार्यकर्ताको गुनासो सुन्ने र टिकटका लागि आउनेहरुसँग वार्तालाभमै व्यस्त रहदै आएका थिए । उनी अब एकसाता काममा फर्न नमिल्ने चिकित्सकले बताएका छन् । यता अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने आज बाट काममा फर्कने बबताइएको छ । शर्माले सामाजिक सञ्जालमार्फत पनि औषधीको सहारामा शुक्रबारदेखि पार्टी कार्यलयमा बस्ने जनाएका छन् ।
शर्माका सहयोगीका अनुसार महामन्त्री शर्मालाई भेटन् बिहीबार अबेरसम्मा ६ सयभन्दा बढीले नाम टिपाएका छन् । उनले आजदेखि नाम टिपाएकाहरुलाई भेटेर आगामी निर्वाचनका विषयमा छलफल गर्ने बताइएको छ । दुबै महामन्त्री विरामी परेपछि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई थप सकस परेको छ । क्लस्टरबाट उम्मेदवार चयन गर्न सहमहामन्त्रीहरुलाई जिम्मेवारी दिइएको छ भने बाँकी काम अहिले ठप्प छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार