सनराइज बैंकले मुद्वती खातामा १४.१३ र बचतमा १०.१३ प्रतिशत ब्याज दिने
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १९:३२:५
३१ भदौ, काठमाडौं । सनराइज बैंकले रेमिट्यान्स मुद्वती खातामा १४.१३ प्रतिशत ब्याज उपलब्ध गराउनुका साथै ब्यतिगत मुद्वतीमा १२.१३ प्रतिशत ब्याज दिने भएको छ । यसका अलाबा रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत ब्याजका साथै साधारण बचतमा ७.१३ प्रतिशत र सम्र्पुण बचत नामक खातामा ९.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
यो ब्याजदर आश्विन १ गतेबाट लागु हुनेछ । साथै बैंकले ५, १० र १५ गुणाको प्रतिफल दिने आर्कषक योजना पनि कायमै राखेको छ ।
नेपाल बैंकर्स संघले ६ महिनादेखिको सिन्डिकेट खारेज गर्ने निर्णय गरेसँगै असोज १ बाट लागू हुने गरी ब्याजदर प्रकाशित गरेका बैंक तथा वित्तीय संस्थाले बचतसँगै मुद्दतीको दर बढाएका हुन्। यो ब्याजदर गत ६ महिनादेखि स्थिर थियो ।
राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमार्फत ब्याजदर बढाउन चाहे बढाउन सक्ने सकुर्लर गरेपनि लागत बढ्ने भन्दै बैंकहरुले बढाएका थिएनन् । असोजमा भने आधारदर पुनरावलोकन गर्न पाइन्छ। त्यसो हुँदा ब्याजको सिन्डिकेट हटाएर संघले ब्याजदर बढाउने दिशामा निर्णय लिएको हो। यो निर्णयसँगै बचतको ब्याजदर नै दोहोरो अंकमा उक्लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
फ्रान्समा भेटिए १० वर्ष देखी श्रीमतीलाई सामूहिक बलात्कार गराउने अपराधी
मंसिर १२, २०८१ बुधबार
मस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार