सास्ती दिने सुनार खोला
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १९:५४:३०
३१ भदौ, कालीकोट । कालीकोटको सदरमुकाम रहेको खाडाचक्र नगरपालिका–२ सुनार खोलाको पहिरोको उचित व्यवस्थापन नहुँदा यात्रुले हैरानी खेप्दै आएका छन् । पहिरोका कारण खोलामाथिको स्थानीयको जग्गा पनि बगेर क्षति भएको छ ।
हल्का पानी पर्दा बित्तिकै सधै अवरुद्ध हुने कर्णाली राजमार्गअन्तर्गतको सुनार खोलामा सवारी रोकिँदासाथ यातायात अवरुद्ध हुने गर्दछ । यातायात अवरुद्ध हुँदा यात्रुलाई सदरमुकाम पुग्न पाँच किलोमिटर पैदलै यात्रा गर्नुपर्ने बाध्यता हुन्छन् । कर्णाली राजमार्गको कालीकोट खण्डमा मात्र दर्जनौँ ठाउँमा पहिरो खस्छ ।
जिल्लाको सिमाना दहीखोलादेखि गगने खोला, काले खोला, जिते, सुनार खोला, गल्लीलगायतमा वर्षाको समयमा पहिरो खस्ने समस्या छ । सुनार खोला कटेपछि आनन्दको महसुस हुने गरेको चालक रवीन्द विश्वकर्मा बताउछन् ।
सुर्खेतदेखि कालीकोट आएका यात्रु कमल भट्टराईले सुनार खोलाको पहिराले सडक अवरुद्ध हुँदा सडकको पेटीमै घण्टौँ बिताएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार