फिलिपिन्समा काेराेनाबाट एकैदिन ३१ जनाको मृत्यु
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार २२:५४:१२
३१ भदौ , एजेन्सी । फिलिपिन्समा बिहीबार मात्र काेराेना बाट दुई हजार एक सय ४१ जनामा संक्रमण भएको बताइएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३९ लाखभन्दा बढी व्यक्तिमा कोरोनाको संक्रमण भएको जनाइएको छ ।
साथै यहाँ कोरोनाका कारण बिहीबार मात्र ३१ जनाको ज्यान गएको फिलिपिन्सको स्वास्थ्य विभागले जानकारी दिएको हो ।यो समेतगरी यहाँका ६२ हजार चार सय ४७ जनाको कोरोनाबाट निधन भएको थियो । फिलिपिन्सको मेट्रो मनिला क्षेत्रमा काेराेनाले सबैभन्दा बढी प्रभावित बनाएको छ ।
सो क्षेत्रमा मात्र कम्तीमा पनि एक हजार नयाँ संक्रमित बिहीबार थपिएका बताइएको छ । यहाँ गत जनवरीमा एकै दिन ३९ हजार जनामा पनि संक्रमण भएको थियो ।
तर अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा संक्रमित भेटिने गरेका यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । यहाँको जनसंख्याको ७२।८ प्रतिशत नागरिकले कोरोनाका विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार