शासक होइन, जनताको सेवक भएर काम गर्न चाहन्छुः युवा नेता देवकोटा
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार २२:५८:३५
नेविसंघ र तरुण दलबाट खारिएका स्थापित युवा नेता हुन् चक्रबहादुर देवकोटा । सल्यानमा जन्मिएका देवकोटा नेविसंघ, तरुण दल हुँदै नेपाली कांग्रेस सल्यानको उपसभापतिमा विराजमान छन् । पार्टी संगठनप्रति सधैं दत्तचित्त उनी इमानदार नेता र स्पष्ट वक्ताका भनेर चिनिन्छन् ।
दलित, उत्पीडित र आवाजविहीनहरुको आवाज बुलन्द गर्न रत्तिभर नडमगाउने देवकोटा हक्की स्वभावका नेता मानिन्छन् । शालिन व्यक्तित्व, कुशल संगठक र स्वच्छ छविका उनी राजनीतिलाई पेशा होइन, सेवा ठान्दछन् । माओवादी द्वन्द्वका बेला कांग्रेस कार्यकर्ता भएकै कारण विस्थापित हुन बाध्य देवकोटा आफूलाई जनताको शासक होइन, सेवक भन्न रुचाउँछन् । उनै युवा नेता देवकोटासँग नेपालबहसका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः
सल्यानमा तपाईंको उम्मेदवारी संघ कि प्रदेशमा ?
मेरो उम्मेदवारी सल्यानको प्रदेश ‘ख’ बाट हो । मलाई नेपाली कांग्रेस सल्यानले सिफारिस गरेको छ । नेपाली कांग्रेस सल्यानले हामी तीनजनालाई सिफारिस गरेको छ प्रदेश ‘ख’ मा । त्यसमा म सबैभन्दा सिनियर, पार्टीमा लामो योगदान गरेको, संगठनको कामको सिलसिलामा धेरै दुःख पाएको व्यक्ति हुँ ।
यसरी पार्टीलाई आवश्यक र समस्या परेका बेला जस्तैसुकै प्रतिकुल अवस्थालाई पार गरेर सल्यानमा कांग्रेस संगठनलाई जीवन्त बनाउन सक्रिय भूमिका निर्वाह गरेकाले पनि मलाई यसपटक पार्टीले न्याय गरेर टिकट दिन्छ भन्नेमा ढुक्क छु ।
नेपाली कांग्रेसले सल्यानमा तपाईंलाई नै सांसदको टिकट दिनुपर्ने के काम गर्नुभएको छ ?
नेपाली कांग्रेस सल्यानले म लगायत तीनजनाको नाम सिफारिस गरेको छ प्रदेश ‘ख’को लागि । ती सिफारिस भएका तीनजनामध्ये म सिनियर जस्तो लाग्छ । म धेरै लामो समयदेखि नेपाली कांग्रेसमा कुनै लाभको पद नपाउँदा पनि लागिपरेको छु । मैले सल्यानमा नेविसंघको सचिव, उपाध्यक्ष र अध्यक्षसमेत भएर काम गरिसकेको छु । त्यसैगरी नेपाल तरुण दलको उपाध्यक्ष र जिल्ला अध्यक्ष भएरपनि काम गरिसकेको छु । त्यस्तै १२ र १३ औं महाधिवेशनमा जिल्ला सचिव र १४ औं महाधिवेशनमा आएर नेपाली कांग्रेस सल्यानको उपसभापति पदमा निर्वाचित छु । पार्टी संगठनमा पटक–पटक विभिन्न जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरिसकेँ । तर, अहिलेसम्म जनप्रतिनिधि भएर जनताको सेवा गर्ने अवसर पाएको छैन ।
माओवादी द्वन्द्वकालमा कांग्रेस भएर काम गर्न सल्यानमा कत्तिको डरलाग्दो अवस्था थियो ?
माओवादी द्वन्द्वकालमा झन्डै ८ वर्ष जिल्लाबाट विस्थापित भएर बसेँ । जतिबेला नेपाली कांग्रेस सल्यानलाई समस्या थियो, त्यतिबेला मैले संघर्ष गर्दै पार्टी संगठन बचाएर राखेको थिएँ । जतिबेला म नेविसंघ सल्यानको अध्यक्ष थिए, त्यतिबेला माओवादी जनयुद्ध सुरु भएको थियो । २०५७ सालसम्म नेपाल विद्यार्थी संघमा रहेर काम गरेँ ।
त्यसपछि माओवादीको जगजगीले नेपाली कांग्रेसका कुनै नेता, कार्यकर्ता जिल्लामा बस्न नसक्ने बेलामा नेपाल तरुण दलको अध्यक्ष भएर काम गरेँ । जतिबेला माओवादीको जगजगी थियो । कांग्रेसका कुनै पनि नेता, कार्यकर्ता जिल्लामा बस्ने वातावरण थिएन । त्यस्तो अवस्थामा पनि तरुण दलको संगठनलाई चुस्त, दुरुस्त बनाएको थिए । यसरी पार्टीलाई आवश्यक र समस्या परेका बेला जस्तैसुकै प्रतिकुल अवस्थालाई पार गरेर सल्यानमा कांग्रेस संगठनलाई जीवन्त बनाउन सक्रिय भूमिका निर्वाह गरेकाले पनि मलाई यसपटक पार्टीले न्याय गरेर टिकट दिन्छ भन्नेमा ढुक्क छु ।
यसअघिका निर्वाचनमा सल्यानबाट तपाईंको नाम सिफारिस भएको थिएन ?
यसअघिको निर्वाचनमा समानुपातिकतर्पm सिफारिस भएको थिए । पार्टीले निकै न्यून सिटमा विजयी भएकाले सांसद सिफारिस हुन सकिएन । अहिले प्रत्यक्षमा सिफारिस भएको छु । यसपाली मलाई पार्टीले न्याय गर्छ भन्नेमा विश्वस्त छु ।
जिल्ला कार्यसमितिलाई नाम सिफारिस गर्ने अधिकार छैन । प्रदेशले गर्ने हो सभापतिजीले प्रदेशले गरेको सिफारिसलाई लत्याएर आफूखशी गर्न खोज्नुभएको थियो । त्यसलाई हामीले नमानेर मेरो अध्यक्षतामा बहुमत कार्यसमिति साथीहरु बसेर प्रदेशले गरेको सिफारिसलाई आधिकारिक हो भनेर निर्णय गरेका हौं ।
तपाईंले चुनाव जित्ने आधार के ?
मलाई पार्टीले विश्वास गरेर टिकट दिएको खण्डमा मैले चुनाव जित्ने आधारहरु धेरै छन् । पहिलो अहिलेसम्म म राजनीतिक रुपले कुनै पनि लाभको पदमा बसेको छुइन । पार्टी संगठनको कुरा गर्नुपर्दा चक्र देवकोटाले टिकट पाएदेखि चुनाव जित्न सजिलो हुन्छ भन्ने सल्यानका आम कार्यकर्ताको भनाइ छ । पुराना अग्रज नेताहरु पनि मैले टिकट पाएको खण्डमा खुशी नै हुनुहुन्छ । पार्टी संगठनको लागि मैले जुन रुपमा काम गरेको छु । त्यसको आधारमा मलाई त्यहाँ नेता, कार्यकर्ताले राम्रोसँग रुचाउनु भएको छ । त्यसकारण पनि एउटा पीडित मान्छे हो, केही गर्न खोज्ने मान्छे हो भन्ने सबैमा छ ।
कांग्रेसमा टिकटको मारामार छ अनि तपाईंलाई सबैले सहयोग गर्छन् भनेर कसरी ग्यारेन्टी गर्ने ?
सिफारिस हुने तीनजनामध्ये म अब्बल हुँ भन्ने लाग्छ । मैले टिकट पाए भने त्यहाँका अग्रज नेता, कार्यकर्ता, बुद्धिजीवी, नागरिक समाज, भ्रातृ, मातृ, शुभेच्छुक संघ, संस्था सबै एकढिक्का भएर लाग्छन् । मैले टिकट पाउँदा पार्टीमा लामो योगदान गरेको, संकटका बेला कांग्रेस संगठनलाई जीवन्त बनाइराख्न लागेको मान्छे चक्र देवकोटा हो भन्नेमा सबै सल्यानबासीहरु छन् । त्यसैले पनि मलाई चुनाव जित्न सल्यानमा कुनै समस्या छैन ।
तपाईंले त सल्यान कांग्रेसमा विद्रोह गर्नुभयो भन्ने आरोप छ नि ?
नाम सिफारिसका सन्दर्भमा सभापतिजी विधि र विधानलाई नाघेर जान खोज्नुभयो । कांग्रेसको विधि, विधान र पद्धतिलाई पालना गर्न खोज्दा सभापतिजीसँग केही मनमुटाव भएको हो । खासगरी उम्मेदवारको नाम सिफारिस गर्ने अधिकार प्रदेश कार्यसमितिलाई थियो । जिल्ला कार्यसमितिलाई नाम सिफारिस गर्ने अधिकारै छैन । तर, सभापतिजीले विधि र विधानमा नै नभएको अधिकार ल्याएर हस्तक्षेप गरेपछि विवाद सिर्जना भएको हो ।
सभापतिजीले विधान नाघेर मनमौजी गर्न थालेपछि मेरो अध्यक्षतामा बहुमत कार्यसमिति बसेर प्रदेशले गरेको सिफारिस नै आधिकारिक हो भनेर निर्णय गरेका हौं । जिल्ला कार्यसमितिलाई नाम सिफारिस गर्ने अधिकार छैन । प्रदेशले गर्ने हो सभापतिजीले प्रदेशले गरेको सिफारिसलाई लत्याएर आफूखशी गर्न खोज्नुभएको थियो । त्यसलाई हामीले नमानेर मेरो अध्यक्षतामा बहुमत कार्यसमिति साथीहरु बसेर प्रदेशले गरेको सिफारिसलाई आधिकारिक हो भनेर निर्णय गरेका हौं ।
सभापतिले भनेको नमानेर आफ्नो नाम आफैले सिफारिस गर्नुभयो रे नि ?
उम्मेदवारको नाम सिफारिस जिल्लाले गर्ने होइन । प्रदेशले गरेको सिफारिसमा खाली राय मात्रै लेख्ने हो । सिफारिस गर्ने प्रदेशसभाले हो । अनि अधिकारै नभएको कुरामा कहाँ मेरो अध्यक्षतामा बसेको कार्यसमितिले नाम सिफारिस गर्नु ? त्यो गलत हल्ला मात्रै हो । हामीले खाली प्रदेशले गरेको सिफारिस नै सही हो भनेर जोड दिएका मात्रै हौं । सभापतिजीले प्रदेशले गरेको सिफारिस नमानिसकेपछि मेरो अध्यक्षतामा बहुमत जिल्ला कार्यसमिति बसेर प्रदेशबाट आएको सिफारिसलाई आधिकारिक मान्यता दिएर केन्द्रमा पठाएका हौं ।
त्यसरी विवाद भइसकेपछि तपाईंलाई टिकट पाउन सभापतिबाट असहयोग हुँदैन ?
मेरो टिकट काट्न सभापतिजीको कुनै अधिकारै छैन । अब त्यो केन्द्रको कुरा हो उहाँको त्यसमा कुनै हातै छैन । उहाँले नेपाली कांग्रेसको विधान र विधिभन्दा बाहिर जान मिल्दैन । त्यो विधान र विधिभन्दा बाहिर जान हामीलाई पनि मिल्दैन ।
विधि र विधानलाई टेकेर बहुमतबाट निर्णय गराउनु भएको हो ?
हो । हाम्रो ५३ सदस्यीय जिल्ला कार्यसमितिमा ३३ जना जिल्ला कार्यसमिति साथीहरु बसेर पूर्ण बहुमतका आधारमा छलफल गरेर सिफारिस गरेका हौं । त्यसैगरी २७ जना महाधिवेशन प्रतिनिधिमा २२ जना हाम्रो पक्षमा हुनुहुन्छ । प्रदेश सभा ‘ख’ को हकमा अधिकांश साथीहरु झन्डै दुईतिहाई भन्दा बढी सदस्यहरुको उपस्थितिमा यो बैठक बसेर हामीले सिफारिस गरेका हौं । हाम्रो विवाद प्रदेशसभामा होइन । त्यसरी विवादै नभएको विषयलाई सभापतिजीले हस्तक्षेप गर्न खोज्नु भएको हो ।
विवाद त भयो नि अब चुनाव कसरी जित्ने ?
खासमा भन्ने हो भने यो विवादै होइन । एकदम निर्विवाद कुरालाई खाली सभापतिजीले विवाद निकाल्न खोज्नुभएको हो । यसलाई विवाद भन्न मिल्दैन । किनभने सभापतिजीले विधि, विधान, पद्धति र सिद्धान्तलाई ठाडै हस्तक्षेप गरेर अगाडि जान खोज्नुभएको थियो । हामीले त्यसलाई रोकेर पार्टीलाई विधि, विधान र सिद्धान्तमा जीवन्त बनाउन मात्रै खोजेका हौं ।
नेपाली कांग्रेसले तपाईंलाई टिकट दिन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?
मैले टिकट पाउछु भन्नेमा ढुक्क छु । पार्टीले यसपटक मलाई न्याय गर्नेछ । सिफारिस भएर आउनेमध्ये पनि म सबैभन्दा सिनियर, दुःख पाएको, कुनैपनि अवसरबाट बञ्चित र माओवादी द्वन्द्वकालमा कांग्रेस कार्यकर्ता भएवापत धेरै दुःख पाउनेमा पर्छु । त्यसकारण पनि यसपटक मलाई पार्टीले न्याय गर्छ भन्नेमा विश्वस्त छु ।
सल्यानमा नेपाली कांग्रेसले चुनाव जित्छ त ?
सल्यानमा नेपाली कांग्रेसले मज्जाले चुनाव जित्छ । गत स्थानीय निर्वाचनमा पनि तीनवटा नगरपालिका र सातवटा गाउँपालिका भएको जिल्लामा कांग्रेसले दुईवटा नगरपालिका, तीनवटा गाउँपालिका र एउटा नगरपालिकाको उपाध्यक्षसहितमा विजय हासिल गरेका छौं । त्यसको आधारमा पनि नेपाली कांग्रेसले सल्यानमा राम्रोसँग चुनाव जित्छ । हामी सिंगल नै लड्दा पनि चुनाव जित्न सक्ने अवस्थामा छाैं ।
गठबन्धन छ, संघ र प्रदेश दुवै कांग्रेसले पाउँछ त ?
गत स्थानीय निर्वाचनमा त हामीले गठबन्धन गरेनौं । त्यतिबेला पनि गठबन्धन गरेर जानुपर्छ भनेर केन्द्र र प्रदेशबाट दवाव थियो । तर, जिल्लाका नेता, कार्यकर्ता साथीहरुले गठबन्धन गर्नुहुँदैन, हामी सिंगल चुनाव जित्न सक्छौं भन्ने दवाव भयो । त्यसै अनुरुप सिंगल लडेर हामीले राम्रो जीत हात पारेका हौं ।
जिल्लामा गुणस्तरीय प्राविधिक शिक्षालयहरु स्थापना गर्न सकियो भने स्थानीय युवाहरु व्यवसायी बन्ने छन् । त्यसमा जोड दिनुपर्ने देखिन्छ । यदि मैले टिकट पाएर साथीहरुले जिताउनुभयो भने यिनै विषयमा जोड दिने छु । त्यसपछि सल्याउनको प्रदेश सभा ‘ख’ले धेरै प्रगति गर्नेछ ।
जनताले नेपाली कांग्रेसलाई भोट दिनुपर्ने एजेन्डा के ?
जनताले कांग्रेसलाई भोट दिनुपर्ने एजेन्डाहरु धेरै छन् । सर्वप्रथम त सुशासनबिना विकास निर्माण सम्भव छैन । त्यसको लागि नेपाली कांग्रेसबाहेक अरुबाट सम्भव छैन । विकास निर्माणको लागि नेपाली कांग्रेस नै सवल र सक्षम पार्टी हो । मुलुकमा आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणसहित विकास र समृद्धिको लागि नेपाली कांग्रेसको विकल्प छैन । सल्यानमा नेपाली कांग्रेस नेतृत्वमा हुँदा जेजति काम भएको त्यति काम अरु पार्टीबाट भएको छैन ।
विधि, विधान र लोकतान्त्रिक पद्धतिमा मुलुकलाई अगाडि बढाउन नेपाली कांग्रेस आवश्यक छ । मुलुकलाई अप्ठ्यारो पर्दा नेपाली कांग्रेसले नेतृत्व लिएर निकास दिएका धेरै उदाहरणहरु छन् । चाहे त्यो शान्तिप्रक्रियामा मुलुकलाई ल्याउँदा होस् अथवा संविधानसभाको निर्वाचन गराउन होस् या संविधान घोषणा गर्दा होस् जहिले पनि नेपाली कांग्रेसले अगुवाइ लिएको छ । त्यसकारण पनि जनताले नेपाली कांग्रेसलाई मत दिन्छन् भन्नेमा म ढुक्क छु ।
खासगरी कृषकहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनहरुको उचित मूल्य हुनुपर्यो । यहाँ विचौलियाले गर्दा किसानले उचित मूल्य पाएका छैनन् । लगानी र खर्च अनुसार उत्पादन नभएपछि किसानहरु निरास भएका हुन् । युवामा प्राविधिक, ज्ञान, सीप लगानीको वातावरण मिलाउने हो भने युवा जनशक्ति स्वदेशमै रहेर व्यवसाय सञ्चालन गर्दछन् । त्यसको वातावरण सरकारले मिलाउन जरुरी छ ।
तपाईंको क्षेत्रमा यो गर्नैपर्ने भनेर खड्किएको काम के देख्नुभएको छ ?
गाउँघरमा खड्किएको विकासका कामहरु धेरै छन् । खासगरी शिक्षा, स्वास्थ्य, सडक, खानेपानी पर्दछन् । पछिल्लो समय कच्ची बाटाहरु त धेरै बनेका छन् । त्यसलाई पिच गर्नुपर्ने छ । विद्यालयहरु धेरै छन् तर पठनपाठनमा गुणस्तरीयता छैन । गाउँमा बेमौसमे खेती धेरै हुन्छ । तर, बाटो अभावका कारण बजारसम्म पुर्याउन समस्या छ । ती कच्ची सडकहरुलाई पिच गर्नुपर्ने छ । जसको कारणले वर्षायाममा पनि बाटो सुचारु हुने थियो ।
कतिपय ठाउँमा पुलपुलेसाको समस्या छन् । गुणस्तरीय, प्राविधिक तथा स्वरोजगारमुलक शिक्षाको आवश्यकता छ । जिल्लामा गुणस्तरीय प्राविधिक शिक्षालयहरु स्थापना गर्न सकियो भने स्थानीय युवाहरु व्यवसायी बन्ने छन् । त्यसमा जोड दिनुपर्ने देखिन्छ । यदि मैले टिकट पाएर साथीहरुले जिताउनुभयो भने यिनै विषयमा जोड दिने छु । त्यसपछि सल्याउनको प्रदेश सभा ‘ख’ले धेरै प्रगति गर्नेछ ।
अवसरको खोजीमा विदेशिने युवालाई स्वदेशमै रोक्न के गर्नुपर्ला ?
त्यसको लागि व्यवसायिक शिक्षामा जोड दिनुपर्छ । देश, काल, परिस्थिति र भूगोलको आवश्यकतालाई मध्यनजर गरेर कार्ययोजना तय गर्नुपर्छ । त्यसको लागि कृषि उत्पादनलाई विशेष जोड दिनुपर्छ । किनभने नेपालमा उद्योगधन्दाबाट सम्भव छैन । पछिल्लो समय कृषिजन्य उत्पादन पनि आयात गरिएको छ । त्यसलाई न्यूनीकरण गर्नपनि कृषि कार्यक्रमहरु ल्याउन जरुरी छ । खासगरी सल्यानको सन्दर्भमा भन्नुपर्दा पहिलो कृषि उत्पादन, दोस्रोमा पशुपालन र तेस्रो भनेको जडीबूटी हो ।
सल्यानमा धेरै बेमौसमे तरकारी पनि उत्पादन हुन्छन् । त्यसको लागि बजार व्यवस्था राम्रो छैन । त्यसमा ध्यान दिन जरुरी छ । कृषि उत्पादनको लागि उन्नत जातको मल, बीउ र सिंचाईंको व्यवस्था हुन जरुरी छ । खासगरी कृषकहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनहरुको उचित मूल्य हुनुपर्यो । यहाँ विचौलियाले गर्दा किसानले उचित मूल्य पाएका छैनन् । लगानी र खर्च अनुसार उत्पादन नभएपछि किसानहरु निरास भएका हुन् । युवामा प्राविधिक, ज्ञान, सीप लगानीको वातावरण मिलाउने हो भने युवा जनशक्ति स्वदेशमै रहेर व्यवसाय सञ्चालन गर्दछन् । त्यसको वातावरण सरकारले मिलाउन जरुरी छ । यदि सल्यानमा मैले अवसर पाएँ भने युवामैत्री स्वरोजगारमुखी कार्यक्रम ल्याउने छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार