खस्कँदो कांग्रेस, बिग्रदो देश र हामी लाचार जनता
यज्ञप्रसाद भट्टराई
असोज १, २०७९ शनिबार १९:५८:५६
१ असाेज, काठमाडाैं । देशमा गणतन्त्रको स्थापनापछि नेपाली राजनीतिमा एक पछि अर्को गर्दै क्षयीकरणतर्फ अग्रसर हुँदै गैरहेको नेपाली कांग्रेसले २०७४ सालको संघीय निर्वाचनमा लज्जाजनक उपस्थितिमा आफुलाई उभ्याएको हामी सबैलाई थाहा भएकै कुरा हो । आम कार्यकर्ताहरुको भावना र चाहना भन्दा पनि गुटगत समूहमा रत्यौली खेल्न उद्यत नेपाली कांग्रेसको वर्तमान नेतृत्वले कांग्रेसकै अस्तित्व संकटमा पारिरहेको कुरा जानेर, बुझेर अनि देखेर पनि वर्तमान कांग्रेस नेताहरु केबल ब्यक्तिगत स्वार्थपूर्तिका लागि तैं चुप मैं चुपको अवस्थामा आईपुगेका छन् । यसले केही ब्यक्ति विशेषलाई फाईदा पुगे पनि सिंगो कांग्रेस नेतृत्वका लागि समस्याको जड हुन पुगेको देखिदैछ ।
२०७४ सालमा बाम गठबन्धनका कारण हामी हार्यौ भनेर अलोकतान्त्रिक उत्तर दिन समेत पछि नपर्ने नेपाली कांग्रेसको वर्तमान नेतृत्व प्रति जनताको बिश्वास र भरोषा कति छ भनेर स्वमुल्यांकन गर्न नसक्नु पनि नेपाली कांग्रेस खस्कदै जानुको मुख्यकारण हुनसक्छ । तर यस बिषयमा वर्तमान कांग्रेस नेतृत्व पछाडि फर्किएर हेर्न समेत चाहँदैन । यसले कालान्तरमा नेपाली कांग्रेसलाई अझ कति घाटा हुने हो, त्यो भने हेर्न बाँकी नै छ । २०७४ सालमा भोगेको पराजयको घाउ पुर्न यसपटकको २०७९ बैशाख ३० गतेको स्थानीय निर्वाचनमा एमालेईतर अन्य ५ दलीय गठबन्धनले समेत सोचजस्तो परिणाम निकाल्न नसक्नु वर्तमानमा नेपाली कांग्रेस प्रति जनताको हेराई के र कस्तो अवस्थामा रहेछ भन्ने गतिलो उदाहरण हैन र ?
बीपी कोइरालाले प्रतिपादन गरेको विचार र सिद्धान्त बोकेर प्रजातान्त्रिक समाजवादको बाटोमा अग्रसर नेतृत्वलाई पाखा लगाउँदै कम्युनिष्टहरुको बुई चढेर ल्याएको गणतन्त्रको भरिया बन्नु नै नेपाली कांग्रेसको लागि समस्याको मुख्यजड भएको कुरा आम कार्यकर्ता तहले मनन गरेपनि बिदेशीको ईशारामा चलेको नेताहरुले बुझ्न नसक्नु, बुझेर पनि प्रतिकारात्मक कार्यशैली देखाउन नसक्नु, जनताको भावनामा बारम्बार कुठाराघात गर्नु नै वर्तमान नेपाली कांग्रेसको नेतृत्वको दिनचर्या बनिरहेको देखिन्छ ।
स्थानीय निर्वाचनका समयमा नेपाली कांग्रेसले सबै नागरिकहरुका घरघरमा पुग्ने अभियानका लागि १ महिना समय खर्चियो । जसको एउटै नारा थियो, घरघर जाँउ, कांग्रेस जिताउ । नेपाली कांग्रेसले आफ्नो विचार, नीति र कार्यक्रमसहित नागरिकहरुलाई नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्ने वातावरण बनाउन सञ्चालन गरेको उक्त अभियानको समापन हुन नपाउँदै केन्द्रमा सत्ता गठबन्धका दलहरुले मिलेर चुनावमा जाने निर्णय गर्नाले कांग्रेस जिताउ अभियान माओवादी, समाजवादी र मधेशवादी जिताउ अभियानमा परिणत हुन पुग्यो ।
यसको परिणाम धेरै ठाउँमा नेपाली कांग्रेसका बागी उम्मेद्धवारहरु खडा मात्रै भएनन् कांग्रेस भनेर जीवन उत्सर्ग गर्न तैयार हजारौं नेता तथा कार्यकर्ताहरुले नेपाली कांग्रेस नै परित्याग गरे । नेपाली कांग्रेसप्रतिको बिश्वासमा कुठाराघात गर्ने कांग्रेस नेतृत्वलाई चुनौति दिदै सयौंको संख्यामा स्वतन्त्र उम्मेद्धवारहरुले उम्मेद्धवारी दिए र धेरै ठाउँमा बिजय हाँसिल पनि गरे ।
तर यसलाई नेपाली कांग्रेसको नेतृत्वले सकारात्मक रुपमा लिन सकेन । गठबन्धन नगरे अब हामी सिद्धिन्छौ भन्ने डरले अहिले पनि सताई रहेको देखिन्छ । दुई विपरित ध्रुव एकआपसमा मिल्नु नै वर्तमान नेपाली कांग्रेसको अधोगतिको द्याेतक हो भन्ने कुरा नबुझेसम्म अब नेपाली कांग्रेस एक सशक्त र जुझारु पार्टी बन्न सक्दैन भन्ने कुरा कांग्रेसका वर्तमानका नेतृत्वहरुले देखाईसकेका छन् । यो देशमा बीपी कोइरालाले प्रतिपादन गरेको विचार र सिद्धान्त बोकेर प्रजातान्त्रिक समाजवादको बाटोमा अग्रसर नेतृत्वलाई पाखा लगाउँदै कम्युनिष्टहरुको बुई चढेर ल्याएको गणतन्त्रको भरिया बन्नु नै नेपाली कांग्रेसको लागि समस्याको मुख्यजड भएको कुरा आम कार्यकर्ता तहले मनन गरेपनि बिदेशीको ईशारामा चलेको नेताहरुले बुझ्न नसक्नु, बुझेर पनि प्रतिकारात्मक कार्यशैली देखाउन नसक्नु, जनताको भावनामा बारम्बार कुठाराघात गर्नु नै वर्तमान नेपाली कांग्रेसको नेतृत्वको दिनचर्या बनिरहेको देखिन्छ ।
यस्तो लाचार नेतृत्वले भोलि देश बिकासका काममा कसरी जनताको साथ र समर्थन पाउन सक्छ ? यस बिषयमा अब नेपाली कांग्रेसमा रहेका हरेक युवा नेतृत्वकर्ताहरुले बुझ्न जरुरी मात्रै छेन नेतृत्वका गलत कृयाकलापहरुमा अंकुश लगाउने र बिरोध गर्ने सामर्थ समेत राख्न जरुरी छ ।
जनता कसैका दास होईनन् । दलका पछाडि लाग्नु भनेको दुई चार थान सुण्डमुण्डहरुलाई देश लुटन सहजता प्रदान गरिदिनु मात्रै होइन भनेर जनताले बिस्तारै बुझ्दै जान थालेका छन् । यसले नेपाली कांग्रेसको नेतृत्व तहमा ८ रेक्टरको भुइृचालो नै गईरहेको छ । नेकपा नामको दललाई तहसनहस बनाएर नेपाली कांग्रेस फुटाउन अग्रसर केही राजनीतिक दलहरुको स्वार्थपूर्ति गरिदिन साधन र सत्तामा उक्लिन प्रयोग हुने भर्याङ्ग बनिरहने हो भने नेपाली कांग्रेस अबको निर्वाचनपछि माधवकुमार नेपालको समाजवादी पार्टी जत्तिको पनि रहँदैन । यसतर्फ कांग्रेसका कार्यकर्ताहरुले नेतृत्व तहलाई पटकपटक सचेत गराईरहेका छन् । नेपाली जनताको अमुल्य मत लिन निर्वाचनमार्फत जनताका आँगनमा जान समेत एक्लै जान नसक्ने अवस्थामा पुर्याउने नेतृत्वका बिरुद्धमा आवाज उठाउने पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कार्वाहीका नाममा पार्टी परित्याग गर्न बाध्य बनाउने लाचार दासहरुलाई पनि अब ईमान्दार कार्यकर्ताहरुले चिन्न जरुरी छ ।
दलप्रति नागरिकको विश्वास कमी हुनु भनेको देश दलबिहिनताको अवस्थातर्फ मोडिनु हो । यस्तो अवस्थामा नागरिकहरुले स्वतन्त्र ब्यक्तिहरुलाई आफ्ना प्रतिनिधि चुन्न सक्छन् । यसले बहुदलीय प्रतिस्पर्धात्मक शासन ब्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुन सक्छ ।
नेपालमा भएका पटक पटकका लोकतान्त्रिक आन्दोलनमा सधैं अगुवाई गर्ने नेपाली कांग्रेस अहिले केही थान कम्युनिष्टहरुको सहारा बिना उभिन समेत नसक्ने अवस्थामा आईपुग्नु हामी जस्ता लाखौं कार्यकर्ताहरुका लागि अत्यन्तै दुःखको कुरा हो । यस्तो लाचार नेतृत्वले भोलि देश बिकासका काममा कसरी जनताको साथ र समर्थन पाउन सक्छ ? यस बिषयमा अब नेपाली कांग्रेसमा रहेका हरेक युवा नेतृत्वकर्ताहरुले बुझ्न जरुरी मात्रै छेन नेतृत्वका गलत कृयाकलापहरुमा अंकुश लगाउने र बिरोध गर्ने सामर्थ समेत राख्न जरुरी छ । नेपाली कांग्रेसप्रति नेपाली जनताको बिश्वासमा निरन्तरको कमी आउनु देश, लोकतन्त्र र बिकासका लागि किमार्थ पनि राम्रो कुरा होईन । यसरी नेपाली कांग्रेस प्रति नेपाली जनताको निरन्तरको विश्वास र भरोसामा कमी आउन थालेपछि अहिले कांग्रेस खस्कँदो अवस्थामा आईपुगेको छ । यसले देश झनझन् बिग्रदो अवस्थामा पुगिसकेको छ ।
देशमा लोकतान्त्रिक शक्ति कमजोर हुँदा देशको राजनीतिमा समेत नकारात्मक असर पर्छ । लोकतन्त्रमा स्वतन्त्रता हराउन थालेको आभाष नेपाली जनताले पाउन थाले भने दलप्रतिको विश्वासमा कमी आउछ । दलप्रति नागरिकको विश्वास कमी हुनु भनेको देश दलबिहिनताको अवस्थातर्फ मोडिनु हो । यस्तो अवस्थामा नागरिकहरुले स्वतन्त्र ब्यक्तिहरुलाई आफ्ना प्रतिनिधि चुन्न सक्छन् । यसले बहुदलीय प्रतिस्पर्धात्मक शासन ब्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुन सक्छ ।
सामान हरायो भन्दा पनि चोर पल्क्यो भन्ने डर अहिले नेपाली कांग्रेस भित्र देखिएको मुख्य रोग हो । यसको उचित उपचार समयमै गराउन नसक्ने हो भने निकट भविष्यमा नेपाली कांग्रेसको अवस्था कस्तो रहला ? यसै अनुमान गर्न सकिदैन ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपवाणिज्य क्षेत्रका समस्या र सरकारको पहल
मंसिर १०, २०८१ सोमबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार