भारतमाथि ऐतिहासिक जित, नेपाली महिला टोली फाइनलमा
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शनिबार २:३८:२५
३१ भदौ, काठमाडौं । नेपाल छैटौँ साफ महिला फुटबल च्याम्पियनसिफको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार साँझ दशरथ रंगशालमा भएको सेमिफाइनल खेलमा भारतलाई १-० गोलले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।
नेपालको जितमा रश्मी कुमारी घिसिङले गरेकि एक मात्र गोल निर्णायक रहन गयो । तामाङले नेपालका लागि पहलो हाफको इन्ज्युरी टाइममा गोल गरेकी थिइन् ।
महिला फुटबलको इतिहासमा भारतमाथि नेपालले जित हात पारेको यो पहिलो अवसर हो । महिला साफ च्याम्पियनसिप प्रतियोगिताको पाँच पटकको विजेता भारत सेमीफाइनलमा हार बेहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।
फाइनलमा उपाधिका लागि नेपालले सोमबार बंगलादेशको सामना गर्दैछ । नेपाल फाइनलमा पाँचौं पटक पुग्दा यसअघिका चार वटै फाइनलमा भारतसँग हार बेहोरेको थियो । सेमीफाइनलबाटै बाहिरिने जोखिमका बीच नेपाली महिला टोलिलाई भारतमाथि ऐतिहासिक जित हात पार्न घरेलु प्रशंसकको उपस्थिति महत्वपूर्ण रह्यो । यसअघि नेपालले फाइनलमा चार पटक भारतसँग नै हार बेहोरेको थियो ।
समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले हराएको नेपालले सेमिफाइनल खेलमा भारत विरुद्धको भेट तय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार