वर्षाले बिथोल्यो एमालेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रम
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शनिबार ५:४४:३८
३१ भदौ, काठमाडौं । सिराहामा एमालेको आयोजनामा गरिएको आमसभा तथा पार्टी प्रवेश कार्यक्रम वर्षाले बिथोलिएको छ। सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित श्री जनता नमुना माध्यमिक विद्यालयमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रम वर्षाका कारण केही छिनमै स्थगित भएको थियो ।
एमाले अध्यक्ष ओली सम्बोधन सकेर औपचारिक मन्तव्य सुरु गर्दा वर्षा सुरु भएको थियो। वर्षाका कारण मन्तव्य बीचमै रोकेर ओली काठमाडौं फर्केका छन् ।
विद्यालयको पठनपाठन बन्द गराएर एमाले सिरहाले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा एमाले अध्यक्ष ओली हेलिकप्टरबाट चोहर्वा आएका थिए। उनीहरूलाई एमाले मधेस प्रदेशका सहइन्चार्ज तथा पूर्व मन्त्री लीलानाथ श्रेष्ठ र रघुवीर महासेठले एक क्विन्टल पाँच किलोको माला लगाइ स्वागत गरेका थिए ।
अध्यक्ष ओलीले कार्यक्रममा पुगेर लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपाका नेता रामबल्लभ साह सहितका नेता–कार्यकर्तालाई एमाले पार्टी प्रवेश गराएपछि मौसम प्रतिकूल बनेको थियो। हतार हतार सहभागीलाई सम्बोधन गर्न उभिएका ओली संसदको पाँच वर्षे कार्यकालको अन्तिम दिन शनिबार भएको बताउँदै लोकतन्त्र, सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताका लागि नेकपा एमालेले असाधारण बलिदानी दिएको दाबी गरे । विकास निर्माण र पुनःनिर्माणको कामको चर्चा गर्दै उनले हुलाकी राजमार्ग, पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कामको नेतृत्व एमाले सरकारको कालमा भएको दाबी गरे ।
शिक्षा, स्वास्थ्य सामाजिक सुरक्षालगायतका काममा एमालेले असाधारण योगदान गरेको बताउँदै गर्दा वर्षा सुरु भएको थियो। त्यसपछि ओलीको मन्तव्य रोकियो । र, सुरक्षाकर्मीले उनलाई गाडीमा चढाएर हेलिकप्टर पार्क गरिएको स्थलसम्म पुर्याएको थियो । झरी परिरहँदा ओली हेलिकप्टर चढेर काठमाडौं उडेपछि कार्यक्रम बिथोलिएको थियो । कार्यक्रममा एमाले नेता प्रमुख साह, रघुवीर महासेठ, लीलानाथ श्रेष्ठ र ज्वाला साह लगायत सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार