आज विश्वकर्मा पुजा, विभिन्न साधन र औजारको पुजाआजा गरिँदै
नेपालबहस संवाददाता
असोज १, २०७९ शनिबार १४:५५:१०
१ असोज, काठमाडौं । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ ।
सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रंगीन बनाइएको छ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।
विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । साधन,औजार,युक्ति र निर्माणका देवता विश्वकर्माका विषयमा विविध भ्रांति प्राप्त हुन्छन् ।
अधिकांशः विद्वान् विश्वकर्मा यस नामलाई एउटा उपाधि मात्र मान्दछन्, किनभने शास्त्र र संस्कृत साहित्यमा पनि समकालीन कतिपय विश्वकर्माको उल्लेख गरिएको छ। कालान्तरमा विश्वकर्मा एउटा उपाधि वा पदवी बन्न पुग्यो। यो भनाईको अर्थ विश्वकर्मा नामक मूलपुरुष अथवा आदिपुरुष थिएनन् भन्ने होइन, विद्वानहरूमाझमा मत भेद यसमा पनि छ कि मूल पुरुष विश्वकर्मा कोबाट भए ।
केही एक विद्वान अङ्गिरा पुत्र सुधन्वालाई आदि विश्वकर्मा मान्दछन् त केही भुवन पुत्र भौवन विश्वकर्मालाई आदि विश्वकर्मा मान्दछन्, ऋग्वेदमा विश्वकर्मा सुक्तका नामले ११ ऋचाऐ लेखिएको छ । जसको प्रत्येक मन्त्रमा लेखेका छन् ऋषि विश्वकर्मा भौवन देवता आदि । यही सुक्त यजुर्वेद अध्याय १७, सुक्त मन्त्र १६बाट ३१सम्म १६ मन्त्रोमा आया छ ऋग्वेदमा विश्वकर्मा शब्दको एक बार इन्द्र अनि सुर्यको विशेषण बनेर पनि प्रयुक्त भयो ।
भगवान् विश्वकर्माको वर्षभरिमा कतिपय पटक पूजा र महोत्सव मनाइन्छ । जस्तै भाद्रपद शुक्ल पक्षको प्रतिपदा तिंथिको महिमा महाभारतमा विशेषतः प्राप्त हुन्छ । यस दिन भगवान विश्वकर्माको पूजाअर्चना गरिन्छ । यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आश्विन १ गते(कन्या सङ्क्रान्ति)का दिन मनाउने प्रचलन छ ।
भारतका कतिपय क्षेत्रमा गोरुतिहारका दिन भगवान् विश्वकर्माको पूजाअर्चना गर्ने गरिन्छ । यसरी भगवान् विश्वकर्माको जयन्ती मनाउने क्रममा विद्वानहरूमाझ मतभेद छ । श्रुतिको वचन छ – विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा–आराधना गर्नुपर्दछ ।
कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।
आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको घुइँचो
माघ १३, २०८१ आइतबार
देवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा
माघ ११, २०८१ शुक्रबार
पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन
माघ ९, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
सेनाले भन्यो– कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्
माघ १३, २०८१ आइतबार
त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा
माघ १३, २०८१ आइतबार
सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार