कञ्चनपुरको दोदा नदी बस्तीमा पस्यो, सयौँ बिगाह खेती डुवानमा

नेपालबहस संवाददाता
असोज १, २०७९ शनिबार १७:६:५८

१ असोज, धनगढी । दोदा नदीको बाढी पस्दा कञ्चनपुरको लालझाँडी गाउँपालिकाका अधिकांश गाउँ र पुनर्वास नगरपालिकाका केही गाउँमा डुवान भएको छ । बाढीले लालझाडी गाउँपालिकाका सयौं बिगाह खेतीयोग्य जग्गा कटान गरिरहेको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण शनिबार बिहान दोदा नदीको बहाव बढेपछि स्थानीय त्रसित बनेका छन् । बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् ।
दोदा नदीमा पनि बाढी आएको छ । नदी भरिएपछि अनियन्त्रित भई खोलाको पानी गाउँबस्तीमा पसेको छ । लालझाडीको डुङा, बल्मी, भकुन्डा, कञ्जा, कसुवा, नन्दगाउँ, पर्सिया, जाई, देखतभूलीलगायत गाउँमा दोदा नदीमा आएको बाढीले स्थानीयलनई बिचल्ली बनाएको स्थानीय विश्राम रानाले जानकारी दिए । बाढीका कारण लालझाडी गाउँपालिकामा मात्र ६५ घर डुबानमा परेका छन् ।
दोदा नदीमा आएको बाढीले पुनर्वास नगरपालिका पनि प्रभावित बनेको छ । पुनर्वास नगरपालिका वडानम्बर ५ सिमरी, रातोखाल, पुनर्वास नगरपालिका १० चकमली क्षेत्र र पुनर्वास नगरपालिका ५ उदरी गाउँ ढुवानमा परेका छन् । अहिले स्थानीय सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस उद्धारमा खटिएका छन् ।
गएराति दोदा नदीको बहाव बढेपछि आएको बाढीले सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरका इन्चार्ज प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । दोदा नदी, मोहना, खुट्टीया, कान्द्रा, चौधर, स्यालीलगायत साना नदी तथा खोलाहरूमा बाढी आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः फाइनल खेल्ने सुरुवाती टीममा छन यी खेलाडी
फागुन १४, २०८१ बुधबार
ब्राजिलकी पूर्व राष्ट्रपति रुसेफले अस्पताल भर्ना
फागुन १४, २०८१ बुधबार
सुडानमा सैनिक विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु, १० जना घाइते
फागुन १४, २०८१ बुधबार