दुई लाखभन्दा बढी मृतक र दोहोरिएका मतदाता हटाइए
नेपालबहस संवाददाता
असोज १, २०७९ शनिबार १९:१८:२२
१ असोज, २०७९ । निर्वाचन आयोगले मृतक तथा दोहोरिएका करिब दुई लाख १६ हजार मतदाताको नाम हटाएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा उक्त सङ्ख्यामा मृतक तथा दोहोरिएका मतदाताको नाम हटाइएको हो।
आगामी निर्वाचनका लागि आयोगले एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ । यसअघि स्थानीय निर्वाचनमा मतदाता सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ रहेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, “स्थानीय निर्वाचनपछि नामावली दर्ता सुरु गर्दा करिब चार लाख ७१ हजार नयाँ मतदाता थपिए, जसअनुसार कुल एक करोड ८२ लाख मतदाता पुगेकोमा अद्यावधिकपछि एक करोड ७९ लाख ८८ हजार ५७० जना कायम भएका छन्।”
आयोगले चुनावको मिति घोषणा भएको दिन साउन १९ गतेसम्म नाम दर्ता गरेको थियो। तर चुनावको अघिल्लो दिन मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा गरेकाको नाम नामावलीमा सूचीकृत भएका छन्। आयोगका अनुसार आगामी चुनावमा ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पु?ष तथा १८५ अन्य मतदाता भाग लिन पाउनेछन् ।
आयोगको मतदाता सूचीमा सात वर्षअघि नै मृत्यु भएका मतदाताको नामसमेत फेला परेपछि आलोचना भएको थियो । लगत्तै आयोगले मतदाता नामावलीबाट मृतक र दोहोरिएका मतदाताको नाम हटाउन निर्देशन जारी ग(यो। यद्यपि मृतक र दोहोरिएका मतदाताको नाम अझै पनि पूर्णरूपमा हटेका छैनन् । आयोगका प्रवक्ता पौडेलले भने, “मृतकका परिवार र दोहोरिएका व्यक्तिले दिएको निवेदनका आधारमा नामावली अद्यावधिक गरिएको हो, निवेदन नपरेकाको नाम अझै पनि सूचीमा हुन सक्छ।”
दुई लाखभन्दा बढी मतदाताको नाम हटे पनि स्थानीय निर्वाचनको भन्दा आगामी निर्वाचनमा दुई लाख ५४ हजार ७९७ मतदाता थपिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार