वर्षासँगै आएको बाढीमा परी कैलालीमा एक बेपत्ता, दुई घाइते
नेपालबहस संवाददाता
असोज १, २०७९ आइतबार ५:३१:५६
१ असोज, सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–१३ झलारी खोलामा आएको बाढीमा डुबेर २० वर्षीया नवीना चौधरी बेपत्ता भएकी छन् । वर्षासँगै खोलामा आएको बाढीको मौका छोपेर माछा मार्ने क्रममा नवीना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । निजको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
वर्षासँगै भएको डुबानले घर भत्किँदा कैलाली जिल्लाको टीकापुर नगरपालिकाकामा एक र चुरे गाउँपालिकामा पहिराले घर भत्किँदा एक जना गरी दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–२ मा कच्ची घर भत्किँदा २२ वर्षीय शिशिर चौधरी घाइते भएका छन् । टीकापुर अस्पतालमा उपचाररत उनको अवस्था सामान्य रहेको छ । यस्तै जिल्लाको पहाडी क्षेत्रको चुरेगाउँपालिका–३ का स्थानीय रामप्रसाद सापकोटाको घर पसल माथिबाट खसेको पहिरामा परी उहाँका आठ वर्षीय छोरा आयुस घाइते भएका छन् ।
पहिराले टिनको छाना भएको घर पसलमा क्षति पुगेको छ । घाइते बालकको अवस्था सामान्य छ । बाढी र डुबानका कारण जिल्लाको भजनी र लम्कीचुहा नगरपालिका, चुरे, जोशीपुर र जानकी गाउँपालिकामा गरी झण्डै एक हजारभन्दा बढी घरपरिवार प्रभावित भएको प्रारम्भिक आकलन छ । वर्षासँगै कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका एक सय १७ घरमा पानी पसेपछि घरभित्र राखिएको धनमालमा क्षति पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
मंसिर १०, २०८१ सोमबार