तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १३:१:५०
आजको पात्रो : आज २ असोज २०७९, आइतबार । तद्नुसार सेप्टेम्बर महिनाको १८ तारिक २०२२ । आश्विन कृष्णपक्ष अष्टमी, सोह श्राद्धको नवमी तिथि, कौलव करण, मृगशिरा नक्षत्र, सिद्धि योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः५० मा हुनेछ भने सूर्यास्त ६ः०७ मा हुनेछ । आजको देवता गणेश र ग्रहदेव मंगल रहेको छ । भनिन्छ, आइतबारको विहान सूर्योदयको दर्शन गर्दा साताका दिनहरु उत्तम हुनेछ । आइतबारलाई आदित्यवार पनि भनिन्छ । आज विहान ११ः३४ देखि १२ः२३ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय आजको दिनको लागि उत्तम समय हो ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- मेष राशीको जातकको लागि धनलाभ हुनसक्छ । व्यापार ब्यबसायबाट पनि लाभ हुनेछ । दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख मिल्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । कसैसँग विवाद हुने काम नगर्नुहोला । आजको दिन नयाँ काम नगर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- तपाईले आजको दिन विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । तपाईलाई शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । सकारात्मक सोच र नियमित काममा मात्र ध्यान दिनुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- आजको दिन तपाईको मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि साथ सहयोग हुनेछ । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ। यदी यात्रा गर्न खोज्नु भएको छ भने सफलता मिल्नेछ । त्यसैले आज हरेक कुराका सकारात्मक सोच राखेका काम गर्नु पर्नेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन विहान सूर्योदयको दर्शन र सूर्य उपासना गर्नु उत्तम उपाय हो ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- तपाईको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशीका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानी हुनेछ । परिवारका सदस्यसँग पनि विवाद हुने कुरा नगर्नुहोला । मौन रहनु उत्तर हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- तपाईको लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि ब्यबधान आउनसक्छ । नयाँबस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :-आजको दिन मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । मित्रमण्डलीहरुसँग विवाद हुनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर काम गर्नुहोला । देवालय र शिवालयको यात्राले तपाईको मनमा शान्ति हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख समृद्धिप्राप्त हुनेछ । मनमा प्रसन्नता छाउने छ । अर्थलाभ समेत हुनेछ । कसैलाई सापटी दिनुभएको धन समेत प्राप्त हुने योग रहेको छ । आजको दिन सकेसम्म ऋण कारोबार नगर्नुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु):- आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको लागि फाइदा हुनेछ छैन । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- विहान सूर्यको दर्शन गरेर मात्र दिनको काम शुरुवात गर्नुहोला । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । चन्द्रमाको साथ रहेकाले तपाईले सोचअनुसारको काम हुनेछ । आजको दिन घरका श्रेष्ठ, जेष्ठ व्यक्तिको आशीर्वाद लिएर काम गर्नु वेश हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी):- आज तपाईलाई सामाजिक मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन देवालय यात्राले तपाइँमा समाजिक सेवाभाव जाग्नेछ । सबैको भलो हुने काम गर्दा परिवार र समाजमा तपाईका लागि आदरभाव बढ्ने छ । मकर राशि भएका ब्यबसायीहरुले घरका श्रेष्ठ आभिभावकलाई नयाँ बस्त्र दिनुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द):- तपाईको मन आज निकै प्रसन्न हुनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालय दर्शनले मनोकाक्षा पुरा हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- स्वास्थ्यमा ख्याल राख्नुहोला । आकस्मिक संकट छाउने छ । मनमा भय भएपनि आज देवताको स्मरण गर्दा लाभ हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र आफ्नो नियमित काम बाहेक अन्य काममा ध्यान नदिनुहोला । परिवारका श्रेष्ठ सदस्यलाई मिष्ठान भोजन खान दिनुहोला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १७, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार