मधेशका दलितको प्रतिनिधित्वको माग
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १३:१७:३४
२ असोज, काठमाडौँ । मधेशका दलित समुदायका अगुवाहरुले आगामी प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मधेशी दलितको समानुपातिक समावेशी सहभागिता गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगले भने कानुनमा मधेशी दलितको प्रतिनिधित्वबारे छुट्टै ब्यवस्था नरहेपनि राजनीतिक दलहरुसँग उक्त विषयमा परामर्श गर्ने बताएको छ ।
दलित अगुवाहरुले निर्वाचन आयोग पुगेर संसदमा मधेशी दलितको उपस्थिति शून्य रहेको भन्दै आफ्नो प्रतिनिधित्व सुनिश्चित गराइदिन आयोगको ध्यानाकर्षण गराएको हो । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मधेशी दलितका लागि अलग्गै आरक्षणको व्यवस्था नरहेपनि राजनीतिक दलहरुसँग छलफल गर्ने आश्वासन दिएको मधेशी दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष नरेन्द्र पासवानाले बताए ।
देशभरि कुल जनसङ्ख्याको १३.८ प्रतिशत दलितको सङ्ख्याछ । पासवानले तराई मधेशका २२ जिल्लामा १३.८ प्रतिशत हिस्साको ५० प्रतिशत मधेशी दलित रहेपनि प्रतिनिधित्व भने शून्य रहँदै आएको दाबी गरे
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
पुष ९, २०८१ मंगलबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार