सिटी शीर्ष स्थानमा उक्लियो
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १३:४३:१२
२ असोज, काठमाडौं । १० खेलाडीमा सीमित उल्भ्सलाई ३-० ले पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शनिबार राति जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सिटीको जितमा ज्याक ग्रिलिस, एर्लिङ हालान्ड र फिल फोडेनले एक एक गोल गरे ।
खेलको पहिलो मिनेटमै केभिन डि ब्रुयनाको पासमा ग्रिलिसले सिटीलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उल्भ्सका नाथन कोलिन्सले ३३औं मिनेटमा रातो कार्डको दर्शन गरेपछि घरेलु टिम १० खेलाडीमा सीमित बनेको थियो । ६९औं मिनेटमा फिल फोडेनले सिटीका लागि तेस्रो गोल गरे । फोडेनलाई पनि डी ब्रुयनाले नै पास उपलब्ध गराएका थिए ।
जितसँगै सात खेलबाट १७ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट ६ अंक जोडेको उल्भ्स १६औं स्थानमा छ ।प्रिमियर लिगअन्तर्गत आजै भएका अन्य खेलहरुमा एस्टोन भिल्लाले साउथह्याम्पटनलाई १-० ले, फुलहमले नटिङघम फरेस्टलाई ३-२ ले पराजित गर्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार
आज ‘क्रिसमस डे’ मनाइँदै
पुष १०, २०८१ बुधबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार