राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा गौतम निर्वाचित
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १४:५०:३५
२ असोज, काठमाडौं । राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा जागेश्वर गौतम निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष डा सन्तोष पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार सम्मेलनले उपाध्यक्षमा डा रणजितकुमार झा, डा नवीन पोखरेल र डा रक्षा श्रेष्ठलाई चयन गरेको छ । यसैगरी सङ्घको महासचिवमा डा पुष्पमणि खराल, कोषाध्यक्षमा डा सुनिल गजुरेल, सचिवमा डा मिलन गैरे, डा छवि पन्थी र डा क्रिष्टिना श्रेष्ठ रहेका छन् ।
सम्मेलनले सातवटै प्रदेशको संयोजकसमेत तोकेको छ । केन्द्रीय सदस्यलाई प्रदेश संयोजक तोकिएको छ । यस्तै प्रदेश १ मा डा प्रमोद बराल, मधेसमा डा महेश महासेठ, बागमती प्रदेशमा डा जगदीश थापा, गण्डकी प्रदेशमा डा डेविड श्रेष्ठ, लुम्बिनी प्रदेशमा डा सागर न्यौपाने, कर्णाली प्रदेशमा डा कविराज पौडेल, सुदूरपश्चिम प्रदेशमा डा निरज अर्याल र काठमाडौँ उपत्यकामा डा कालुसिंह खत्रीलाई चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष डा गौतमले चिकित्सकको हकहित र सङ्गठन विस्तारको काम गर्ने बताए । अहिले सङ्घका बागमती प्रदेश र लुम्बिनी प्रदेशमा कमिटी तथा देशभरि नौवटा शाखा रहेका छन् । उनले सातवटै प्रदेश, ७७ वटै जिल्ला, शिक्षण अस्पताल र प्रतिष्ठानमा सङ्गठन विस्तार गर्दै स्वास्थ्य सेवालाई जनताको पहुँचमा पु¥याउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मिलेर काम गर्ने जानकारी दिए । सङ्घमा देशभरि पाँच सय चिकित्सक आवद्ध रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
संविधान संशोधन गर्न संयुक्त कार्यदल बन्दैछः गृहमन्त्री
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार
कास्की अदालतमा छविको सकिएर पछाईंको बयान सुरु
पुष ९, २०८१ मंगलबार