म्याग्दीको बराहताल ओझेलमा
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १४:५८:१
२ असोज, बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित पुथा र चुरेन हिमालको फेदीमा रहेको मनमोहक भुजुङ्गे बराहताल ओझेलमा परेको छ । समुद्री सतहबाट करिब चार हाजर चार सय मिटर उचाइमा अवस्थित ताल पर्यटकीय सम्भावनाले महत्वपूर्ण रहे पनि प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो ।
दिउँद र वर्षायाम सधँ सदावहार पानी नसुक्ने ताल अत्यन्तै आकर्षक रहेको छ । निलो रङमा सुन्दर, शान्त र मनोरम देखिने यस तालको दृश्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ । गुर्जादेखि चुरेन र पुथा हिमालको आधार शिविर जाने पदमार्गमै पर्ने भए पनि आवश्यक मात्रामा प्रचार–प्रसार नभएकाले यहाँको महिमा उजागर हुन नसकेको स्थानीय युवा टुकप्रसाद छन्त्यालले बताए ।
“यो अहिलेसम्म लुकेको छ, यहाँको सम्भावनालाई बाहिर ल्याउन सके गुर्जा आउने जो–कोही पनि यो तालसम्म पुग्न सक्छन्, यसपटक हामीले यस क्षेत्रको पर्यटकीय सम्भावना उजारमा टेवा पु-याउने गरी लघुकथाको दृश्यसमेत यसै क्षेत्रमा पुगेर छायाँङ्कन गरेका छौँ”, उनले भने ।
गुर्जा गाउँबाट यस तालमा पुग्न करिब आठ घण्टा र तालबाट आधार शिविर पुग्न तीन घण्टा पैदलयात्रा गर्नुपर्छ । चुरेन र पुथा हिमालको आधार शिविर पुग्ने पदमार्ग सञ्चालनमा आएसँगै आधार शिविर पुग्ने विदेशी पर्यटक तालमा जाने गरे पनि उल्लेख्य मात्रामा पर्यटक यस क्षेत्रमा भित्रिन नसकेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
उहाँले विगत दुई वर्षमा गाउँपालिकामार्फत पहिलो वर्ष रु सात लाख र दोस्रो वर्ष रु ११ लाख बजेट विनियोजन गरेर गुर्जाबाट तालसम्मको पदमार्ग निर्माण भएको जानकारी दिए । “तालसम्म पुग्न कुनै कठिनाइ नै छैन, गुर्जा आइपुग्ने जो–कोही पर्यटक सजिलै पुग्न सक्छन्, त्यहाँबाट आधार शिविर पुग्ने पदमार्गलाई थप स्तरीय बनाउनका लागि पालिकालगायत अन्य निकायमार्फत बजेट व्यवस्थापनका लागि पहल गरेका छौँ”, अध्यक्ष छन्त्यालले भने ।
भुजुङ्गे बराह ताल करिब छ सय मिटर लाम्बाइ र साढे दुई सय मिटर चौडाइ भएको क्षेत्रफलमा रहेको अनुमान छ । यस बराहतालमा जनैपूर्णिमाको अवसरमा भेडीगोठालाहरूले पूजाआजा गर्दै आएका छन् । जिल्लामा सडक सञ्जालले नजोडिएको एकमात्रै वडा गुर्जामा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं २ लुलाङबाट एक दिनको पैदलयात्रा गर्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
चिसो भूइँमा बोरा बिच्छ्याएर अध्ययन गर्दै विद्यार्थी
पुष ९, २०८१ मंगलबार
महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
पुष ९, २०८१ मंगलबार
धनगढीमा ‘नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु
पुष ९, २०८१ मंगलबार
फाल्गुनन्द गोल्डकप: न्यू स्टारमाथि गोल वर्षा
पुष ९, २०८१ मंगलबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार