निलम्बित प्रधानन्यायाधीशको सन्देशले सर्वोच्चमा तनाव, आजबाटै हाजिर हुन पठाए सूचना !
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १५:५०:९
२ असोज, काठमाडौं । आज (आइतबार) विहानदेखि नै सर्वोच्च अदालत परिसरमा चहलपहल बढिरहेको छ । सर्वोच्च प्रशासन निलम्बित प्रधानन्यायाधीशको सन्देशले तनावमा छ भने कामु प्रधानन्यायाधीशदेखि सबै न्यायधीशहरु अलमलमा परेका छन् । संगै रहेको नेपाल बार एशोसिएनका पदाधिकारीहरु पनि जबराको सन्देशलाई लिएर तनावमा छन् ।
जबरालाई महाअभियोग लगाउने सत्ता गठबन्धन पर्ख र हेरको अवस्थामा पुगेको छ । महाअभियोगपछि स्वतः निललम्बनमा परेको जबराले शनिबार साँझ आफु आइतबारदेखि प्रधानन्यायाधीशको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च प्रशासनलाई सूचना दिएपछि सबै क्षेत्रमा तनाव उत्पन्न भएको हो । जबरा सर्वोच्च आए असहयोग गर्ने न्यायाधीशहरुका ेनिर्णय छ भने नेपालबारले सडकमै अवरोध गर्न रणनीति बनाएको छ ।
शनिबार नै सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारणसहितको प्रतिवेदन बुझाएको छ । सोही साँझ निलम्बित प्रधानन्यायाधीश जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए ।
यता,उनको निलम्बन फुकुवा नभएको तर्क गर्दै सर्वोच्च आउनबाट रोक्न नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरूले तयारी गरेका छन् भने उनीहरूलाई सहयोग गर्न सरकार पनि तत्पर देखिएको छ । शनिबार अबेर महाभियोग सिफारिस समितिले सभामुख सापकोटालाई प्रतिवेदन बुझाउँदै गर्दा जबराले नियमित काममा फर्कने भन्दै आवश्यक तयारी गर्न कामु मुख्य रजिस्ट्रार नारायण पन्थीलाई निर्देशनसमेत दिएका छन् ।
सर्वोच्च निकट स्रोतका अनुसार जबराले सूचना पठाएपछि सर्वोच्च प्रशासन, न्यायाधीशहरू र बारका पदाधिकारीले छुट्टाछुट्टै छलफल गरेका थिए । छलफलमा संसदीय छानबिन समितिले महाभियोग लाग्ने निष्कर्षसहित अभियुक्त मानेका व्यक्ति नै सर्वोच्च फर्किए संविधान र कानुनको उल्लंघन हुने भन्दै उनीहरुले सरकारलाई गहन भूमिका खेल्न आग्रह गर्ने निर्णय गरेको थियो ।
जबराले सर्वोच्च अदालत फर्कन सूचना पठाएकोबारे खबर पाएपछि यो कदम सफल नहुने भन्दै कानूनी हिसावले नै सरकार पनि अघि बढ्ने तयारीमा छ । जबराले जबरजस्ती गरेका उनलाई गिरफतार गर्ने पनि सरकार तयार रहेको बताइएको छ । जबराले छानबिन गरिरहेको प्रतिनिधिसभाको कार्यकाल नै सकिएकाले महाभियोगको अस्तित्व सकिएको भन्दै उनले पदमा फर्कने दावी गरेका छन् ।
यता, प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउने आधारसहितको प्रतिवेदन शनिबार सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउएको बताएको छ । ‘संविधानको धारा १०१ (६) ले महाभियोग प्रस्ताव टुंगो नलागेसम्म निलम्बित पदाधिकारी कामकाजमा फर्कन रोक लगाएको समितिको भनाई छ ।
नेपाल बार एसोसिएसनले पनि जबराले सर्वोच्च अदालत फर्कने तयारी गरेकाले बारले अवरोधको तयारी गरेको जनाएको छ । महाभियोग पुष्टि भएन भनेर संसद्ले सफाइ नदिएसम्म निलम्बन कायम रहने बबारको तर्क छ । सर्वोच्च अदालत बारले पनि जबरा आए सर्वोच्चको गेटमा देखाइदिने जनाएको छ ।
प्रतिनिधिसभाको ११ औं अधिवेशन शनिबार मध्यरातबाट अन्त्य भएको छ । अधिवेशन सकिए पनि जबराको निलम्बन निरन्तर रहने महाभियोग सिफारिस समितिले प्रतिवेदनमा उल्लेख छ । ‘जबरालाई आरोप लगाइएका केही विषयमा थप अध्ययन, अनुसन्धान गर्नककपर्ने देखिएकाले संविधानको धारा १०१ को उपधारा (६) बमोजिम अर्को प्रतिनिधिसभाको बैठकमा पेस गरी टुंगो लगाउनुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । न्यायिक विचलन र भ्रष्टाचारको आरोप लगाउँदै ९८ सांसदले गत फागुन १ मा प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता गरेपछि जबरा निलम्बित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
प्रसाईंको बयानः कम्बोडियामा ओलीको साढे ३२ अर्ब लगानी छ भनेर साथीले पठायो, मैले सार्वजनिक गरे
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार