धारामा पानी आउँदा स्थानीय हर्षित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १७:१२:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/khanepani11_mmSPSacl9G.jpg)
२ असोज, जाजरकोट। पुखौँदेखि खानेपानीको समस्या भोग्दै आएकी नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ । नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट आँगनमै धारा निर्माण गरेर चौबीसै घण्टा पानी निरन्तर आउँदा उनमा खुसीको सीमा नै छैन । आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दुःख र संघर्षका दिन सम्झँदै उनी भन्छन्, “छोराछोरी साना हुँदा डोकाले तोरेर (बन्द गरेर) पिउने पानी ल्याउनका लागि आधा घण्टा टाढा जानुपथ्र्यो, आधा घण्टा बच्चा रोइकराइ निद्रामा परिसकेका हुन्थे, अहिले घरआँगनमै पानी आएको छ ।”
धनकलाजस्तै ५१ वर्षीय रमिता विकको पनि पानीकै लागि भोगेको पीडा कम छैन । उनी भन्छन्, “आफ्नै गाउँठाउँका मान्छे माननीय भएपछि मात्र पानी घरआँगनमै पाएका छौँ । अब पानीबाट हुने सबै काम गर्छौँ, पानी नहुँदा हाम्रो गाउँमा छोरीबुहारीलाई कति दुःख थिए ।” करिब एक सय ४० घरधुरीभन्दा बढी दलित समुदाय रहेको चिउरीमा पानी ल्याउनका लागि स्रोत नहुँदा आधा घण्टाको दूरी पार गरी डोकामा गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता रहेको थियो । उकालोमा पानी ल्याउँदा हैरानी खेप्नुपरेको उहाँले पीडा सुनाउनुभयो । अब त्यो दुःख पूर्णरूपमा हटेको छ ।
उनीहरूजस्तै नलगाड–१ र २ का छ सय ५० घरधुरीमा एकैपटक घर–घरमा खानेपानीको धारा पुगेको छ । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र स्थानीयवासीको झण्डै साढे चार करोड श्रमदानबाट खानेपानी निर्माण भएको हो ।
विसं २०७४ मा निर्माण सुरु गरिएको नहकुली खानेपानी आयोजना करिब पाँच वर्षभित्र निर्माण पूरा भएको छ । चौध किलोमिटर दूरीबाट ल्याइएको पानीबाट आधा दर्जन गाउँमा चौबीसै घण्टा पानी पुगेको निर्माण उपभोक्ता समिति अध्यक्ष टकबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार पानीका मुहानबाट पानी जम्मा गरी प्रत्येक घरमा पानी उपलब्ध गराइएको छ ।
एक सय ५१ ठूला–साना ट्यांकी निर्माण गरी घर–घरमा पानी ल्याइएको अध्यक्ष घर्तीले जानकारी दिए । दलित बस्ती, गढी, छेप्का, बैरीताल, चिसापानी, अनाहपानी, माफगाउँ र स्यालचौरलगायतका गाउँका स्थानीयवासीको घरमा पानी पुगेको छ ।
कर्णाली प्रदेशका निर्वतमान जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले खानेपानी आयोजनाको शुभारम्भ गरे । खानेपानी धारामा समस्या तथा मर्मतदेखि अन्य काममा स्थानीयवासी आफैँ सक्रिया हुनुपर्नेसमेत उनले बताए । नलगाड नगर प्रमुख डम्बर रावतले खानेपानीको निरन्तर अनुगमन, निगरानी हुनुका साथै समस्या परेमा हल गर्न प्रतिबद्ध रहेको बताए ।
सुत्केरी भैँसीलाई भत्ता
भैँसीपालन कृषकलाई व्यावसायिकरूपमा सक्रिय बनाई दूध उत्पादनमा वृद्धि गर्न सुत्केरी भैँसीलाई भत्ता दिन लागिएको छ । नलगाड नगरपालिकाले पालिकाभित्रका सबै सुत्केरी भैँसीलाई भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । ‘भैँसी सुत्केरी, प्रोत्साहन हातभरि’ भन्ने कार्यक्रमअन्तर्गत भैँसीपालक कृषकलाई भैँसीको व्यावसायिक पालनमा सक्रिय बनाउन यो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।
गत भदौँदेखि लागू हुने गरी प्रत्येक सुत्केरी भैँसीलाई रु एक हजार पाँच सयका दरले रकम दिन लागिएको उनले जानकारी दिए । उनले भने, “भैँसीपालन व्यवसाय विस्तारै कम हुँदै गएकाले नगरपालिकाबाट भैँसीपालन व्यवसाय विकास र वृद्धि गर्नका लागि यो कार्यक्रम ल्याइएको छ । वडाले समेत थप भत्ता दिएर काम गर्नका लागि बाटो खुला गरिएको छ ।”
सुत्केरी भैँसीको लगत संकलन भइरहेको नगरपालिकाले जनाएको छ । पूर्वी क्षेत्रको नलगाड भैँसीपालन व्यवसाय राम्रो भएको पालिकामध्येमा पर्दछ । उक्त भत्ता लिएर भैँसीको हेरचाह, आहार र व्यवस्थापनमा खर्च हुने अपेक्षा नगरपालिकाले लिएको छ । वर्षमा एकपटक मात्र सुत्केरी भत्ता दिने योजना नगरपालिको छ ।
योजनाले दूध उत्पादनमा वृद्धि ल्याउनुका साथै भैँसीपालक कृषकलाई सम्मान हुने अपेक्षा लिइएको छ । नलगाडको कालिमटीमा दूध डेरीसमेत संचालनमा आउनुका साथै बाहिर निर्यातका लागि सहकारीमार्फत आधुनिक मेसिन जडान गरी काम सुरु भएको नगरप्रमुख डम्बर रावतले जानकारी दिए । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा रहेको यहाँ नलगाड जलविद्युत् आयोजना निर्माणस्थलसमेत रहेको छ । जनसंख्याकाे चाप रहेको यस क्षेत्रमा आवत र जावत गर्न समेत सहज रहेको छ ।
यस क्षेत्रमा उत्पादन भएको दूध अन्य जिल्लामा समेत सजिलै ढुवानी गर्न सकिने भएको छ । कृषक रामबहादुर रावलले भैँसीलाई सुत्केरी भत्ता दिने नगरपालिकाको योजना राम्रो रहेकोे बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार