नेपाली पात्रोकाे नयाँ सुविधासहितको मोबाइल एप सार्वजनिक
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार १९:२२:४१
२ असाेज, काठमाडाैं । नेपाली पात्रोले नयाँ सुविधासहितको मोबाइल एप सार्वजनिक गरेको छ । नेपाल र विश्वभरका ताजा, ब्रेकिङ समाचार, अपडेटहरू नियमित र छिटो अद्यावधिक गराइरहन ‘नेपाली पात्रो’ले समाचारको नयाँ सुविधा सहितको Android मा अपडेटेड भर्जन ६.४.२ तथा iso मा भर्जन ६.३.० सार्वजनिक गरेको हो।
नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ले समाचार सुविधा अन्तर्गत नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्यूज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू दिंदै आएको छ । प्रयोगकर्ताको अनुभवका आधारमा जारी नयाँ डिजाइन सहितको समाचार सुविधामा १० नयाँ उपयोगी अपडेट संलग्न गरिएको नेपाली पात्रोले जनाएको छ ।
यस नयाँ भर्जनमा यसअघि रहेका आफ्नो रोजाई (पर्सनलाइज्ड) सुविधालाई ‘यो गज्जब छ’ भन्ने थिममा थप व्यवस्थितरूपमा निरन्तरता दिइएको हो । प्रयोगकर्ताले लगईन गरेर आफूले रोजेका मनपर्ने समाचार स्रोत मात्रका संचार गृह र आफ्नो रुचि मात्रका सामाग्रीहरु प्राप्त गर्न सक्नेछन् ।
नेपाली पात्रो समाचार खण्डको यस ताजा अपडेटमा, लाइभ समाचार वेबसाइट, पत्रपत्रिका, टेलिभिजनका अनलाइन संस्करणहरुलाई सबै एकै ठाउँमा स्मार्ट तरिकाबाट थप सुविधा लिन पाइनेछ भने राजनीति, खेलकुद, चुनाव, व्यापार, मनोरञ्जन वा अन्य कुनै थुप्रै विषयवस्तुका समाचारहरु केवल एक क्लिकमा प्राप्त गर्न त सकिने कम्पनीले दाबी गरेको छ । समाचार पढ्ने अनुभवलाई अझ व्यवस्थित बनाउन यस अपडेटमा केही नविन प्रयोग गरिएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार