कारबाहीका क्रममा अल–सेबाबका ४३ लडाका मारिए
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार २०:५८:५२
२ असोज, एजेन्सी । मध्य सोमालियाको एबोरे क्षेत्रमा गरिएको कारबाहीका क्रममा यहाँ हिंसा मच्चाइरहेका अल सेबाबका कम्तीमा पनि ४३ जना लडाका मारिएको बताइएको छ ।
सोमाली राष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा ती सैनिक मारिएका अधिकारीहरुले जनाएका छन् । अल–सेबाबका लडाकाले उक्त क्षेत्रमा केही समय यतादेखि हिंसा मच्चाइरहेको सूचनाका आधारमा यहाँको सेनाले गएराति हवाई कारबाही गरेको थियो । उक्त कारबाहीका क्रममा शनिबार राति ती लडाका मारिएका यहाँको राष्ट्रिय रेडियो, एसएनए रेडियोले जनाएको छ ।
एबोरे क्षेत्रको बुला बार्ता जिल्लामा अल–सेबाबका लडाकाहरुले आश्रय लिएर तालिम केन्द्र सञ्चालन गरेको सूचना यहाँको सूचना मन्त्रालयले प्राप्त गरेपछि यहाँको सेनाले सो आक्रमण गरी कारबाही थालेको र शनिबार रातिको सो कारबाहीका क्रममा ती लडाका मारिएको बताइएको छ ।
त्यस कारबाहीका क्रममा उनीहरुको आश्रयस्थल नष्ट भएको र केही लडाका घाइते भएका पनि बताइएको छ ।यहाँको सरकारले आतङ्ककारी घोषणा गरेको सो अल सेबाब समूहका विरुद्धमा सोमालियाको सेनाले केही हप्तादेखि प्रतिरक्षात्मक कारबाही थालेको छ ।
सो कारबाही यहाँको सेनाले यहाँका केही सामुदायिक समूहहरुसँग मिलेर गरेको पनि सेनाले जनाएको छ । एबोरे क्षेत्रमा अल सेबाबले आफ्नो तालिम केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ । सो क्षेत्रमा उनीहरुको बढी मात्रामा प्रभाव रहेकाले सरकारले यस क्षेत्रमा हमला गर्ने गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार