सिरियाको हैजा नियन्त्रणबाहिर छैन– स्वस्थ्य मन्त्री
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार २१:१२:२१
२ असोज एजेन्सी । सिरियाली सरकारले यहाँका विभिन्न भागमा फैलिएको हैजा नियन्त्रणबाहिर नरहेको बताएको छ । सिरियाली स्वास्थ्य मन्त्री हसन–अल घबासले यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि र अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसँगको भेटका क्रममा शनिबार सो कुराको जानकारी गराए।
सिरियाका विभिन्न स्थानमा हैजाको प्रकोप फैलिएको थियो । त्यसपछि यहाँको सरकारले सफा पानी उपलब्ध गराउनुका साथै सरसफाइका लागि यहाँका नागरिकलाई सचेतनासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेकाले यहाँको हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर जान नपाएको जानकारी गराए ।
सिरियामा केही दिन यतादेखि हैजाको प्रकोप फैलिएको प्रति संयुक्त राष्ट्रसङ्घका साथै यहाँ कार्यरत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले चासो राखेपछि उनले सो जानकारी गराएका हुन् ।
गएका केही हप्तादेखि यहाँ हैजाको प्रकोप बढेको थियो । यहाँका केही भूभागमा फैलिएको यो हैजाका ५३ जना संक्रमित भेटिएका थिए । साथै हैजाबाट यहाँका सात जनाको ज्यान पनि गएको सरकारले जनाएको छ ।
यो अवस्था आएपछि संयुक्त राष्ट्रसंघ र यहाँका अन्य संघसंस्थाहरुले हैजाको नियन्त्रणका लागि आवश्यक उपायहरु अपनाउन भनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक: ५२.९१ प्रतिशत विद्यार्थी पास , ४७.०९ प्रतिशत फेल
साउन १८, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार