समानुपातिक उम्मेदवार छान्न एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार २३:७:२९
२ असोज, काठमाडौं । समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची तयार गर्न बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बालकोटमा जारी छ । यो बैठकले आगामी ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची टुङ्याउने बताइएको छ । समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ ।
राजनीतिक दलहरू समानुपातिक उम्मेदवारको सूची बनाउन गृहकार्यमा जुटिरहेका बेला देशभरबाट आकांक्षी नेता दलबलसहित राजधानीमा ओइरिएका छन् । देशव्यापी तालमेल नगर्ने निर्णय लिएको एमालेले प्रत्यक्षमा अन्य दलभन्दा बढी उम्मेदवार उठाउने सम्भावना छ । एमालेको केन्द्रीय निर्वाचन विभागका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि करिब ८ सय र प्रदेशसभाका लागि करिब ११ सयको नाम सिफारिस भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकका लागि करिब १९ सय नाम सिफारिस भएका छन् । पार्टीले प्रक्रिया, मापदण्ड र विधि अनुसार सबै नाम आएका र पार्टीको जिल्ला, प्रदेश, निर्वाचन कमिटी हुँदै तहगत ढंगबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयमा प्राप्त भएलगत्तै एउटा फरम्याटमा राखेर छलफल भइरहेको बताइएको छ ।
समानुपातिकका लागि सामाजिक सन्तुलन र समावेशितालाई ध्यान दिएर नै केन्द्रीय कार्यालयमा नाम सिफारिस भएका छन् । एमालेले समानुपातिकमा नदोहोर्याउने र अवसरलाई न्यायोचित ढंगले वितरण गर्ने विधि अपनाएको बताएको छ । पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशितालाई ध्यान दिँदै नाम सिफारिस गर्न एमालेले केन्द्रीय सचिवलय बैठक बोलाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
के अमेरिका र चीनबीचको व्यापार तनावबाट भारतले ठूलो फाइदा लिन सक्छ ?
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
सेनाले भन्यो– कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्
माघ १३, २०८१ आइतबार
त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा
माघ १३, २०८१ आइतबार
सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार