किर्गिज–ताजिक भिडन्तमा मृत्यु हुनेको संख्या ३६ पुग्योः किर्गिज मन्त्रालय
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार २३:९:५
२ असोज, एजेन्सी । ताजिकिस्तानसँगको हालैको सीमा झडपमा कम्तिमा ३६ जनाको मृत्यु भएको किर्गिस्तानको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
मध्य एशियाका छिमेकीबीचको पछिल्लो सयम हिंसा बढेको छ । (किर्गिज) बाटकेन क्षेत्रमा सशस्त्र द्वन्द्वको परिणाम स्वरूप मृत्यु हुनेको कुल सङ्ख्या ३६ र अन्य एक सय ३४ जना घाइते भएका मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।
मन्त्रालयले यसअघि दिएको जानकारीमा मृत्यु हुनेको संख्या २४ पुगेको थियो । ताजिकको आन्तरिक मन्त्रालयले शनिबार भएको झडपमा सर्वसाधारण मारिएका बताए पनि तथ्याङ्क भने दिएको छैन ।
शुक्रबार युद्धविराम गर्न दुवै पक्ष सहमत भएपनि त्यसको उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् । शनिबार थप झडपपछि, रात केही घटनाबिना शान्तपूर्वक बितेको किर्गिज सीमा अधिकारीले आइतवार बिहान जानकारी दिएका छन् ।
देशको नेतृत्वले स्थितिलाई स्थिर बनाउन, द्वन्द्वको प्रयासलाई रोक्न शान्तिपूर्ण तरिकाले सबै उपाय गरिरहेको सीमा अधिकारीले बताएका छन् ।
शनिबार, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुबै पक्षका नेतृत्वलाई स्थायी युद्धविरामका लागि वार्तामा संलग्न हुन आह्वान गरेका उनका प्रवक्ताले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार