कर्णालीमा सुपथ मूल्य पसल संचालन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार २३:१५:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/karnali-3_T2Gh132hI4.jpg)
२ असोज, वीरेन्द्रनगर । कर्णालीमा दसैँ, तिहार र छठलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन भएको छ । शनिबारदेखि सुर्खेतसहित कर्णालीका दसैँ जिल्लामा सुपथ पसल सञ्चालन भएको छ ।
चाडपर्वको बेलामा बजारमा अस्वाभाविकरूपमा मूल्यवृद्धि हुने भएकाले उपभोक्तालाई राहत दिन सुपथ पसल संचालनमा ल्याइएको हो । उक्त सुपथ मूल्य पसलको शनिबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उद्घाटन गरे ।
सो अवसरमा उनले सबै सरोकारवालाको समन्वयमा बजार अनुगमनलाई प्रभावकारीरूपले तीव्र पारिने बताए । रिजालले यस्ता सहुलियत मूल्य पसल सहरमा मात्र नभई गाउँसम्म पुर्याउन आवश्यक रहेको औँल्याए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश कार्यालय प्रमुख माधव मिश्रले चाडपर्व लक्षित सहुलियत मूल्य पसलमा आम उपभोक्ताको अधिकारलाई सुरक्षित राख्दै वस्तुको विविधीकरणमा लागेको बताए । उनले सहुलियत मूल्य पसलबाट चामल, दालसहित घ्यू, तेल तथा अन्य मसलाजन्य वस्तु उपलब्ध गराउनका लागि पहल गरिएको जानकारी दिए।
मिश्रले चामल र दालमा प्रतिकेजी सात रुपियाँ छुट दिइएको जानकारी दिए । चाडपर्वमा उपभोक्तलाई सहुलियत दिन खाद्य कम्पनीलाई रु दुई करोड ३२ लाख र साल्ट्र टेडिङ कर्पोरेसनलाई रु एक करोड छुट्याइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो
माघ २३, २०८१ बुधबार
निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार