नवप्रवेशीका लागि एमालेमा समानुपातिक मापदण्ड लचिलो
नेपालबहस संवाददाता
असोज २, २०७९ सोमबार २:३६:४८
२ असोज, काठमाडौं । नेकपा एमालेले अन्य पार्टीबाट आएकालाई समानुपातिक उम्मेदवार बनाउन मापदण्ड लचिलो बनाएको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको नेकपा एमालेको सचिवालय बैठकले अन्य दलबाट पार्टीमा प्रवेश गरेकालाई समानुपातिकमा राख्ने मापदण्ड खुकुलो गरेको हो ।
एमाले उपमहासचिव समेत रहेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पार्टीले समानुपातिकमा राख्ने मापदण्ड अन्य दलका लागि लचिलो व्यवस्था गरिएको बताए ।संविधान सभा र २०७४ को निर्वाचनमा समानुपातिकमा रहेर प्रतिनिधित्व गरिसकेकालाई यसपटक समावेश नगरिएको उनले बताए ।
‘पहिलो संविधान सभादेखि दोस्रो संविधान सभा र २०७४ को निर्वाचनमा समानुपातिक भएर प्रतिनिधित्व गरिसकेका महिला वा पुरुषलाई यसपटक समावेश गरेका छैनौँ । दोस्रो, विगतको निर्वाचनमा उम्मेदवार भएर पराजित भएकाहरु, जित्ने जितिहाल्यो, तिनीहरुलाई पनि यो लिस्टमा समावेश गरेका छैनौँ। २०७४ को निर्वाचनमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाको प्रमुख र उपप्रमुख भएर निर्वाचित भएकाहरुलाई पनि यसपटक यो सूचीमा समावेश गरेका छैनौँ’, उनले भने ।
तर अन्य दलबाट आएकाको हकमा भने लचिलो व्यवस्था गरिएको उनले बताए । ुअरु विभिन्न पार्टीबाट आएका नयाँको हकमा भने यो मापदण्डलाई छोडेर अलिकति लचिलो भएर निर्णय गरेका छौँ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
धनगढीमा ‘नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु
पुष ९, २०८१ मंगलबार
फाल्गुनन्द गोल्डकप: न्यू स्टारमाथि गोल वर्षा
पुष ९, २०८१ मंगलबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार