एमालेले तयार गर्यो २२० जना समानुपातिक उम्मेदवारको सूची
नेपालबहस संवाददाता
असोज २, २०७९ सोमबार २:४१:२९
२ असोज, काठमाडौं । नेकपा एमाले समानुपातिक उम्मेदवारहरुको टुंगो लगाएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिध र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको सूची टुंगो लगाएको हो ।
नेकपा एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निर्वाचनका लागि २२० जनाको नामलिष्ट तयार गरेको जानकारी दिए । आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको नाम पारित गरेको उनले जानकारी दिए । ११० जनाको नाम प्रस्ताव गरिएको र त्यसमा ५७ जना महिला हुने उनले जानकारी दिए । जसमा आदिवासी जनजातिबाट ३२ जना, खस आर्यबाट ३४ जना रहेका छन् । महिला र पुरुषको संख्या बराबर रहेको छ ।
त्यस्तै थारु समुदायबाट ४ महिला र ३ पुरुष गरी ७ जना, दलितमा ८ महिला र ७ पुरुष गरी १५ जना, मधेसीमा ९ महिला र ८ पुरुष गरी १७ जना र मुस्लिममा ३ महिला र २ पुरुष गरी ५ जना रहेका छन् ।
गुरुङका अनुसार प्रदेश नम्बर १ का लागि २० जना महिला नघट्ने गरेर ३७ जना, मधेश प्रदेशमा २३ जना महिला नघट्ने गरि ४३ जना, बागमती महिला २४ जना नघट्ने गरि ४४ जना, गण्डकीमा १३ महिला नघट्ने गरि २४ जना, लुम्बिनीमा २० महिला नघट्ने गरि ३५ जना, कर्णालीमा ८ महिला नघट्ने गरि १६ जना, सुदूरपश्चिममा ११ महिला नघट्ने गरि २१ जनाको नाम तयार गरिएको उनले जानकारी दिए । सोमबार एमालेले बन्दी सूची आयोगमा बुझाउने उनले जानकारी दिए । प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आयोगले आज र भोलिका लागि समय निर्धारण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार
आज ‘क्रिसमस डे’ मनाइँदै
पुष १०, २०८१ बुधबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार