अधिकांश दलले उम्मेदवारको बन्दसूची आज पेस गर्दै
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार १३:४:२९
३ असोज, काठमाडौं। आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सोमबार मात्रै बुझाउने भएका छन्। निर्वाचन आयोगले असोज २ गते आइतबार र ३ गते सोमबार गरी दुई दिनभित्र बन्दसूची बुझाउन समय तोकेको छ।
समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार प्रतिनिधि सभा सदस्यतर्फ दुईवटा दलले मात्रै बन्दसूची पेस गरेका छन्। समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले प्रतिनिधि सभातर्फ दुई र तीनवटा प्रदेशका लागि एकरएक राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गरेको जानकारी गराए ।
नेकपा(एमाले)ले आइतबार नै उम्मेदवारको टुंगो लगाइसकेको छ । उसले आज बन्दसूची पेस गर्दैछ । नेपाली कांग्रेस अझै छलफलमै छन् । नेकपा(माओवादी केन्द्र)ले उम्मेदवार टुंग्याउन समिति बनाएको छ भने जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा(एकीकृत समाजवादी)ले पनि बन्दसूचीमा राख्ने उम्मेदवारको टुंगो लगाएको छैन् ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि दलहरूबाट निवेदन आह्वान गर्दा प्रतिनिधि सभाका लागि ७६ वटा दलबाट ६८ निवेदन परेको थियो। प्रदेशगत रूपमा सबैभन्दा बढी मधेश प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधि सभातर्फ तराई मधेश लोकतान्त्रिक पार्टी र नेपाल समावेशी पार्टीले उम्मेदवारको बन्दसूची बुझाएका हुन्। प्रदेशतर्फ बागमती प्रदेशमा ताम्सालिङ पार्टी, मधेश प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टी र प्रदेश १ मा किराँत खम्बुवान पार्टीले उम्मेदवारको बन्दसूची बुझाएको निर्वाचन अधिकृत भट्टराईले बताए ।
उनले भने, “कुन दलले कति र कुन–कुन व्यक्तिलाई उम्मेदवार बनाए आयोगले छानबिन गरेर अन्तिम नामावली प्रकाशन गर्दा सार्वजनिक हुन्छ।” प्रमुख राजनीतिक दलहरूले भने बन्दसूचीका उम्मेदवारको नाम टुङ्ग्याउन सकेको छैन। छलफललाई तीव्रता दिए पनि सोमबार मात्रै प्रमुख राजनीतिक दलले बन्दसूचीका उम्मेदवार टुङ्ग्याएर निर्वाचन आयोग पुग्नेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार
आज ‘क्रिसमस डे’ मनाइँदै
पुष १०, २०८१ बुधबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार