उपाधिका लागि नेपालले बंगलादेशको सामना गर्दै
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार १४:४१:३०
Shares
३ असोज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाली महिला टोलिले आज बंगलादेशको सामना गर्दैछ । साफ फुटबलमा महिला टोलिको खासै राम्रो इतिहास नरहेपनि यसपटक भने नेपालले इतिहास बनाउने सुनौलो मौक सृजना गरेको छ ।
नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार आज साँझ ५ : ३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । महिला फुटबल टोलि विगतका पाँच साफ फुटबल च्याम्पियनसिपमध्य चारमा फाइनल पुगेर नतिजा भारतलाई सुम्पेको छ। नेपाल एक पटक पनि च्याम्पियन बन्न सकेको छैन । नेपाल फाइनल पुगेको क्षणमा भारत तगारो बन्दै आएको थियो । तर, यो पटक भने अवस्था बेग्लै छ । नेपाली टोलीले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पकट भने नेपाललाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल यो पटक बंगलादेशलाई हराएर ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा छ । नेपालका मुख्य प्रशिक्षक कुमार थापाले बंगलादेशलाई हराएर उपाधि जित्दै घरेलु दर्शकलाई खुसी पार्ने योजना बनाएको बताए ।
नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापु सुब्बाले खेलाडीहरु पूर्ण रुपमा तयार रहेको र घरेलु मैदानमा हुन लागेको यो साफलाई खेर जान नदिने बताइन् । बंगलादेशकी कप्तान सविना खातुनले घरेलु समर्थकको अघि खेल्न धेरै दवाव भएपनि आफ्नो खेलाडीहरूले कुनै पनि दवाव सम्हाल्न सक्ने अनुभव भएको बताइन् ।
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार
आज ‘क्रिसमस डे’ मनाइँदै
पुष १०, २०८१ बुधबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार