दशैंमा कालिन्जोरमा प्रथम मधेश प्रदेश खुल्ला भलिवल हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार १८:४५:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/kalinjor_kJVjOUpdm7.jpg)
३ असोज, सर्लाही । दशैंमा सर्लाहीको कालिन्जोरमा भलिवल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम हुने भएको छ । बडा दशैंको अवसर पारेर यही असोज १३ गतेदेखि १५ गतेसम्म मधेश प्रदेशको मुटु मानिने ईश्वरपुर नगरपालिकाको वडा नम्बर १२ कालिन्जोर, सर्लाहीमा ‘प्रथम मधेश प्रदेश खुल्ला भलिवल प्रतियोगिता २०७९’ आयोजना हुन लागेको हो ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा मधेश प्रदेशभरीबाट खेलाडी टिमले सहभागिता जनाउन पाउनेछन् ।भलिवल प्रतियोगितामा विजेता हुने टिमलाई नगदसहित विभिन्न पुरस्कारहरु प्रदान गरिने आयोजक कमिटी कालिन्जोर यूवा समुहले जानकारी गराएको छ ।
प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको पनि सहभागिता रहने बताइएको छ । प्रतियोगिताको दौरानमा विभिन्न सांस्कृति कार्यक्रम, भेषभुषा प्रदर्शनीका साथै फूड फेस्टिभल पनि हुनेछ ।
भलिवल प्रतियोगिता आयोजना गर्नुको उद्देश्य देश तथा विदेशमा कालिन्जोरमा रहेको पर्यटकीय गन्तव्यको प्रचार गर्नु रहेको स्थानीय शिक्षक भीम खड्काले जानकारी दिए । कालिन्जोर १२ मा मधेश प्रदेशकै सबैभन्दा अग्लो चुचुरो रहेको छ, जसलाई राजारानी डाँडा भन्ने गरिन्छ । भलिवल प्रतियोगितासहितको सांस्कृति कार्यक्रम कालिन्जोरको वडा कार्यालयको खेल मैदानमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार