संविधान दिवसमा कलाकारमध्ये क–कसले पाए पदक ?
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार १९:२१:३०
३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुने ९९८ जनाको नाम घोषणा गरेकी छन् ।
यसरी घोषणा गरिएका व्यक्तिलाई आगामी २०८० वैशाख १ गते नयाँ वर्षको दिन राष्ट्रपतिबाट ती मानपदवी, अलङ्कार र पदक प्रदान गरिन्छ । अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि मानपदवी, अलङ्कार र पदक पाउनेको सूचिमा थुप्रै कलाकारहरुको नाम समेटिएको छ ।
यसवर्ष चार जना कलाकारलाई सुकीर्तिमय राष्ट्रदीप दिने घोषणा गरिएको छ । सुकीर्तिमय राष्ट्रदीप पाउनेमा वरिष्ठ कलाकार नीर शाह, नायक राजेश हमाल, कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ रहेका छन् ।
राष्ट्रपतिले सुप्रबल जनसेवाश्री अभिनेता अर्जुन श्रेष्ठलाई दिने घोषणा गरेकी छन् । अभिनेता तथा निर्देशक कृष्ण कुमार मल्ल र कलाकार मिथिला शर्मालाई कीर्तिमय राष्ट्रदीप दिने घोषणा गरिएको छ ।
यस्तै प्रबल जनसेवाश्री अभिनेता तथा निर्देशक निर्मल शर्मा र कलाकार दयाहाङ राईलाई दिने घोषणा गरिएको छ । कलाकार प्रदीप खड्का, निर्देशक माधव राज खरेल, नृत्य निर्देशक शिवराम बिक, निर्देशक रमेश कोइराला, कलाकार सनम कठायत, अभिनेता कुमार बस्नेत र कलाकार मनोहर सुनाम परियारलाई जनसेवाश्री दिने राष्ट्रपतिले घोषणा गरेकी छन् ।
नेपाल सेवा प्रवीण पाउनेको सूचीमा कलाकार सानु कान्छा शाही, प्रभाकार शर्मा, इन्द्र बहादुर खत्री र कष्ण बहादुर बिकको नाम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार