नेपाली कांग्रेसमा रस्साकस्सी जारी, सात समूहबाट आएका नाम कार्यसम्पादन समितिले टुंग्याएर सभापतिसमक्ष पठाउने
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार १९:४०:४५
३ असोज, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेवारको बन्दसूची तयार पार्न सात समूह बनाएर छलफल गरिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा विहानदेखि भइरहेको समूहगत छलफलबाट उम्मेदवारहरुको नाम अहिलेसम्म छनोट भएको छैन् । सात प्रदेशको छुट्टाछुट्टै समूह बनाएर उम्मेदवारको बन्दसूची टुंगो लगाउन नेताहरु छलफलमा जुटिरहेको बताइएको छ ।
समूह गत छलफलबाट आएका नामहरुलाई कांग्रेसको कार्यसम्पादन समितिले फेरी छाँटकाँट गर्ने छ । अहिलेसम्म प्रदेश छलफल नसकिएकाले नाम समितिमा आइनपुगेको एक नेताले नेपालबहसलाई जानकारी दिए । समितिको बैठक पनि बालुवाटारमा नै बस्ने छ । समितिमा छलफल भएर छनोट भएका नाम हस्ताक्षरका लागि पार्टी सभापति शेरबहादुर देउवासमक्ष लगिनेछ ।
सबै तहबाट पारित भएका नाममा सभापति देउवाले हस्ताक्षर गरेपछि मात्र बन्दसूची तयार हुने बताइएको छ । बैठकमा सहभागी एक नेताका अनुसार सात प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फका उम्मेदवार सोमबार नै बुझाउनुपर्ने भएकाले नेताहरु छलफलमा जुटेका हुन् । साँझ पाँच बजेपनि बन्दसूची तयार नहुने देखिएको छ ।
प्रदेशका शीर्ष नेता, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरु सम्मिलित बैठक छुट्टाछुट्टै बसिरहेको छ । प्रदेशसभाको समानुपातिक सूचीमा सहमति जुटेपछि प्रतिनिधिसभाको बन्दसूची टुंगो लगाउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने एक नेताले जानकारी दिए । कार्यसम्पादन समितिले नाम टुंगो लगाएपछि निर्वाचन आयोगमा बुझाइने ती नेताले बताए । त्यसपछि मात्रै सभापति कहाँ पठाइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार