अछामका पहिरो पीडितलाई नगदसहित राहत दिएर फर्के मन्त्री कुँवर, घाइतेको उपचार सरकारले व्यहोर्ने
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार १९:४१:४३
३ असोज, अछाम। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई नगदसहित राहत वितरण गरेरफर्किएका छन् । सोमबार आज काठमाडौंबाट धनगढी हुँदै अछाम पुगेका मन्त्री कुँवरले पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई नगदसहित राहात वितरण गरेर फर्किएका हुन् ।
शुक्रबार राति अविरल बर्षापछि गएको पहिरोमा परी २२ र खोलाले बगाएर मृत्यु भएका १ जनासहित २३ जना मृतकका परिवारलाई भेटेर मन्त्री कुँवरले सरकारबाट दिइएको जनही १ लाख र आफ्नो ब्यक्तिगत तर्फबाट जनही १० हजारका दरले पीडित परिवारलाई नगद राहात वितरण गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले दिएको जानकारी अनुसार बाढि र पहिरोमा परी मृत्यु भएका परिवारलाई सरकारका तर्फबाट तत्काल किरिया खर्चवाफत जनही १ लाख रकम वितरण गरिएको हो ।
मन्त्री कुँवरले पहिरो प्रभावित अछामको कमल बजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई भेटेर त्रिपाल, बल्याङ्केट, खाद्यान्न लगायतका राहत सामाग्री पनि वितरण गरिएको हो । मन्त्री कुँवरले पहिरोमा परी घाइते भएकाहरुको सम्पुर्ण उपचार सरकारले व्यहोर्ने समेत बताएका छन् । पीडितलाई आगामी दिनमा पनि थप सहयोग हुने मन्त्री कुँवरले आश्वासन दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार