चुनाव जित्नको लागि गठबन्धन होइन, लोकप्रिय नेता चाहिन्छः युवा नेता गिरी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार २१:४७:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/shiva-giri_HaUQgHV1OZ.jpg)
नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेस राजनीतिमा उदीयमान स्थापित नेता हुन् शिव गिरी । स्याङ्जा चापाकोटका स्थायी बासिन्दा गिरी २०३३ सालदेखि नेपाल विद्यार्थी संघबाट कांग्रेस संगठनमा होमिएका हुन् । धेरैपटक कांगे्रसको महाधिवेशन र महासमिति सदस्य भैसकेका गिरी चापाकोट नगरपालिकाका निर्वतमान मेयर पनि हुन् ।
सधैं जनता, प्रजातन्त्र र बीपी कोइरालाको सिद्धान्तमा अडिग गिरी कर्मशील नेता तथा लडाकु भनेर चिनिन्छन् । गरीब, उत्पीडित र असाहय महिलाको पक्षमा खरो रुपमा उत्रने उनी जुझारु नेता मानिन्छन् । सधैं जनताका काममा दत्तचित्त गिरी बिशुद्ध समाजसेवी लडाकु नेताका रुपमा उनको पहिचान छ । उनै युवा नेता गिरीसँग आमनिर्वाचनमा केन्द्रित रहेर नेपालबहसका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंशः
तपाईं चापाकोट नगरपालिकाको प्रमुख हुँदा के के काम गर्नुभयो ?
म चापाकोट नगर प्रमुख हुँदा त्यहाँका जनताको लागि धेरै काम गरेको जस्तो लाग्छ । त्यतिबेला मैले जस्तो काम सायदै अन्य मेयर/प्रमुखहरुले गरेनन् होला । ठाउँ, क्षेत्र र भूगोलको आवश्यकता हेरी त्यस नगरपालिकाको साधनस्रोतले भ्याएसम्म मैले काम गरेँ । त्यसमा शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा धेरै काम गरेको छु ।
टेस्टेड भन्दा नयाँ अनुहार दिन सकिएन भने कांग्रेसले चुनाव जित्न गाह्रो छ । जनता धेरै चलाख भइसकेका छन् । त्यसकारण पनि मैले स्थानीयमा साथीलाई छाडिदिएर प्रदेश ‘ख’तिर लागेको हुँ ।
त्यसैगरी पर्यटन विकासको लागि पनि मैले पाएको अधिकार, क्षमताले भ्याएसम्म काम गरेँ । सडक, बत्ती, खानेपानी जस्ता धेरै काम गरेको छु । गरीब, असहाय र विपन्नको लागि पनि स्थानीय स्रोधसाधनले भ्याएरसम्म दत्तचित्त भएर काम गरेको छु । यो कुरा मैले भन्दा पनि त्यस क्षेत्र र नगरका जनताले नै बताउने छन् । यदि उहाँहरुलाई शिव गिरी कस्तो मान्छे हो भनेर सोधियो भने थाहा हुन्छ । म नगरप्रमुख हुँदा क्षेत्र, ठाउँ र भूगोलको आवश्यकतालाई मध्यनजर गरी धेरै नै काम गरेको छु ।
फेरि नगर प्रमुखमा किन दोहोर्याएर लड्नुभएन त ?
राजनीतिमा एउटै व्यक्ति एउटै पदमा पटक–पटक दोहोरिनु हुँदैन । हिजो आफूलाई त्यो ठाउँमा पुर्याउन लागिपर्ने साथीलाई छोडिदिनुपर्छ । मैले पनि आफूलाई निर्वाचित गराउन मरिमेटेर लाग्ने साथीमध्येलाई छोडिदिएको छु । पद सधैं बास्ना चलेको बेलामा त्याग्नुपर्छ । जनताबाट दूर्गन्धित र आलोचित भएर बाहिरिनु हुँदैन । म चाहीं पटक–पटक एउटै ठाउँ र पदमा एउटै व्यक्ति दोहोरिनु हुँदैन भन्ने व्यक्ति हुँ ।
अब स्याङ्जा क्षेत्र नं. २ बाट गोपालमानजी ३/४ पटक सांसद र ३/४ पटकै मन्त्री भइसक्नु भएको छ । अब उहाँले छोडिदिनुपर्छ । एउटै व्यक्तिले पटक–पटक भाग खोज्नु पटक्कै राम्रो होइन । त्यसैले यसपाली गोपालमानजीले साथीहरुलाई ठाउँ छोडिदिनुपर्छ । एउटै व्यक्ति पटक–पटक दोहोरिनाले लोमा समयदेखि दुःख गरेर पार्टीमा लागेका नेता, कार्यकर्ता निराश हुन्छन् । त्यो गर्नु लोकतान्त्रिक विधि र प्रक्रियाभित्र पनि पर्दैन ।
पैसा, पद र पावरका भरमा आफन्त, आसेपासे, भ्रष्ट चरित्र भएका, अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेका समाजमा आलोचित र दूर्गन्धित व्यक्तिलाई पार्टीले टिकट दिएर पठायो भने त्यो कांग्रेसको लागि अत्यन्त दूर्भाग्यपूर्ण हुनेछ । गठबन्धनको आडमा साम, दाम, दण्ड, भेदका आधारमा टिकट दिइयो भने कांग्रेस सिधिन्छ ।
आसन्न संघ र प्रदेश निर्वाचनमा तपाईको उम्मेदवारी के मा रहन्छ त ?
आगामी मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनमा स्याङ्जा २ प्रदेश ‘ख’ मा मेरो उम्मेदवारी रहने छ । म यसअघि चापाकोट नगरपालिका प्रमुख भए । त्यहाँको साधनस्रोत र क्षमताले भ्याएका काम गरेर आए । गत स्थानीय निर्वाचनमा पनि साथीहरुले मलाई नै प्रमुखमा उठ्न सुझाउनुभएको थियो । मैले त्यस्तो हुँदैन । अब म प्रदेशतिर जान्छु, यहाँ साथीहरुलाई छोडिदिन्छु भनेर साथीहरुलाई सहयोग गरेर आफू बाहिरिएको हुँ । ती साथीहरुलाई एकपटक नगर प्रमुखमा सघाउनुभयो । अब यसपटक जनतालाई प्रदेश ‘ख’मा शिव गिरीलाई सहयोग गर्नुहोस् भन्न चाहन्छु । टेस्टेड भन्दा नयाँ अनुहार दिन सकिएन भने कांग्रेसले चुनाव जित्न गाह्रो छ । जनता धेरै चलाख भइसकेका छन् । त्यसकारण पनि मैले स्थानीयमा साथीलाई छाडिदिएर प्रदेश ‘ख’तिर लागेको हुँ ।
त्यसोभए जति गठबन्धन गरेपनि एउटै व्यक्तिलाई दोहोर्याइरहने हो भने कांग्रेसले चुनाव जित्न सक्दैन, हो ?
अब यो पटक–पटक रिपिट, रिपिट, महारिपिट गरेर आउँदा जनताले पत्याउनेवाला छैनन् । म जस्ता पार्टीमा धेरै लामो योगदान पुर्याएर अवसर नपाएकाहरु धेरै हुनुहुन्छ । म पनि जीवनको उर्जाशील समय कांग्रेसमा खर्चेर यहाँसम्म आइपुगेँ । अरु पनि धेरै साथीहरु पार्टीमा त्याग, तपस्या र बलिदानी गरेर बस्नुभएको छ । उहाँहरुको पनि सम्मान हुनुपर्छ । त्यसको लागि गोपालमानजीहरु जस्ता २०४८ सालदेखि पटक–पटक सांसद, मन्त्री भइसक्नुभएका नेता, कार्यकर्ताले पार्टीमा त्याग देखाउनुपर्छ । त्यसको लागि बढीमा दुई पटकभन्दा बढी दोहोरिएर पदको अपेक्षा गर्नुहुँदैन । साथीहरुलाई छोडिदिनुपर्छ ।
कांग्रेसले तपाईंलाई नै टिकट दिनुपर्ने त्यस्तो के योगदान गर्नुभएको छ र पार्टीमा ?
म कांग्रेस र जनता भनेर जीवनभर लागिपरेको छु । आफ्नो उर्जाशील समय, जवानी र तागत कांग्रेसको लागि खर्चेको छु । माओवादी द्वन्द्वकालमा कांग्रेस भएकै कारण धेरै दुःख पाएको छु । पार्टीलाई अप्ठ्यारो परेका बेला पटक–पटक सहयोग गरेको छु । पार्टीले उठाएका आन्दोलनलाई सफल बनाउन सधैं लागि परेको छु । स्थानीय जनप्रतिनिधि हुँदा पनि कांग्रेसको शिर उचो राख्ने गरी काम गरेको छु । मैले राजनीतिसँगै समाजसेवाको माध्यमबाट पनि जनताका धेरै काम गरेको छु । दलित, उत्पीडित, अल्पसंख्यक, निमुखा र आवाजबिहीनहरुको आवाज बुलन्द गर्न सधैं दत्तचित्त भएर लागिपरेको छु ।
म जत्तिको कार्यकर्ता जसले पार्टी संगठनको लागि जीवनभर लाग्यो । मलाई टिकट दिनुहोस् म जसरी पनि जित्छु भनेको छु । उसलाई पार्टीले किन टिकट नदिने ? पक्कै दिन्छ । त्यसकारण पनि प्रदेश स्याङ्जा २ को ‘ख’मा मलाई पार्टीले टिकट दिन्छ भन्नेमा ढुक्क छु । मलाई टिकट नदिनुपर्ने खासै कारण छ जस्तो लाग्दैन । मलाई प्रदेश ‘ख’मा टिकट दिने हो भने पार्टीलाई संघमा पनि चुनाव जित्न सहयोग हुनेछ । कच्ची बाटाहरु कालोपत्रे बनाउने काम गरेको छु । बाटो नभएका ठाउँमा बाटोको व्यवस्था गरेको छु । खानेपानी, ढलनिकास र गुणस्तरीय शिक्षाको लागि पहल गरेको छु । कृषिजन्य उत्पादनको लागि पहलकदमी गरेको छु । बसोबासबिहीन महिला, दलित, उत्पीडित तथा असाहयहरुको लागि घर बनाइदिने काम गरेको छु । म जनप्रतिनिधि हुँदा मसँग जेजति समय थियो त्यो यहाँका जनताको लागि खर्चेको छु ।
त्योभन्दा बाहेक कसैको समर्थन पनि गर्दिन, चुपचाप बस्छु । तर, दबाब, प्रभाव र पैसाको आडमा टिकट ल्याउँदैमा चुनाव जित्छु भनेर कसैले आशा नगरे हुन्छ । त्यस्ता व्यक्तिका पछाडि लतारिएर हिड्नेवाला पनि छैन ।
नेपाली कांग्रेसभित्र त टिकट किनबेच हुन्छ भनिन्छ, अनि तपाईंले कसरी पाउनुहुन्छ ?
पछिल्लो समय पार्टीभित्र पैसा लिएर शीर्ष नेताहरुकोमा पुग्यो, त्यो बुझायो टिकट लिएर जिल्ला गयो भन्ने र गर्नेहरु पनि छन् । अहिले पैसा, पावर र पदको आडमा टिकट लिने, दिने चलन छ । त्यो विषय फेरि दोहोरियो । पैसा, पद र पावरका भरमा आफन्त, आसेपासे, भ्रष्ट चरित्र भएका, अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेका समाजमा आलोचित र दूर्गन्धित व्यक्तिलाई पार्टीले टिकट दिएर पठायो भने त्यो कांग्रेसको लागि अत्यन्त दूर्भाग्यपूर्ण हुनेछ । गठबन्धनको आडमा साम, दाम, दण्ड, भेदका आधारमा टिकट दिइयो भने कांग्रेस सिधिन्छ ।
तपाईंले त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट चुनाव जित्ने आधार चाहीं के ?
मैले यस क्षेत्रमा चुनाव जित्ने धेरै आधारहरु छन् । जब म राजनीतिमा लागेँ त्यतिबेलादेखि मैले जनताको कामबाहेक केही गरेको छैन । यहाँका गरीब, उत्पीडित, अल्पसंख्यक, दलित, महिला, जनजाति, ओझेलमा परेका आवाजबिहीनहरुको आवाज बुलन्द गर्ने काम गरेको छु । कांग्रेसका नाम भँजाएर खाने धनाढ्य दलालहरु भन्दा म धेरै लोकप्रिय, जनताको काम गर्ने सामाजिक पृष्ठभूमि भएको व्यक्ति हुँ अनि मैले चुनाव नजितेर कसले जित्छ ?
म २०३३ सालदेखि नेविसंघको राजनीति गरेर आएको व्यक्ति हुँ । जतिबेला म कक्षा ७ मा अध्ययनरत थिएँ । त्यतिबेलादेखि आजसम्म नेपाली कांग्रेसको संगठनमा लागेर हिँडेको छु । यसअघि चापाकोट नगरपालिकाको प्रमुख हुँदा पनि मैले धेरै विकास निर्माणका काम गरेको छु । अहिले पनि स्याङ्जा २ प्रदेश ‘ख’बाट टिकट पाए भने सय प्रतिशत चुनाव जित्छु । मलाई यस क्षेत्रमा चुनाव जित्नको लागि कुनै गठबन्धनको आवश्यकता पर्दैन । त्यो धरातल मैले जनताको काम गरेर बनाएको छु ।
अब त्यस क्षेत्रमा खड्किएको के काम गर्न बाँकी छ ?
मैले टिकट पाएर प्रदेश सांसद हुने अवसर प्राप्त भयो भने पहिला मिर्दी क्षेत्रको बाटो अपुरो छ त्यो पुरा गर्छु । त्यसपछि अन्य वडाहरुमा खनिएका पुराना कच्ची बाटाहरु पिच गर्ने काम गर्छु । अन्य आवश्यक सानातिना बाटाहरुलाई फराकिला बनाउने, पिच गर्ने र जस्तोसुकै वर्षामा पनि गाडी आउनजान सहज बनाउँछु । त्यसैगरी खानेपानी अभाव भएका ठाउँहरुमा त्यसको परिपूर्ति गर्ने काम गर्छु ।
यदि तपाईंले टिकट पाउनुभएन अरुले नै लिएर गए भने यो चुनावमा तपाईंको भूमिका के रहन्छ ?
यदि मेरो कामको मूल्यांकन भएन, पार्टीले त्यो गर्न सकेन साम, दाम, दण्ड, भेदका आधारमा पैसा दिने र माफियाहरुलाई टिकट दिएर पठाए छ भनेपनि आफूलाई मान्ने ठाउँमा गएर कांग्रेसलाई भोट दिनको लागि आग्रह गर्छु । त्योभन्दा बाहेक कसैको समर्थन पनि गर्दिन, चुपचाप बस्छु । तर, दबाब, प्रभाव र पैसाको आडमा टिकट ल्याउँदैमा चुनाव जित्छु भनेर कसैले आशा नगरे हुन्छ । त्यस्ता व्यक्तिका पछाडि लतारिएर हिड्नेवाला पनि छैन ।
अहिले पार्टीभित्र गठबन्धन छ, त्यो कांग्रेसको भागमा परेन भने के गर्ने, कांग्रेसको संगठन त ध्वस्त हुने भयो नि ?
यदि त्यस्तो भयो भने हामी चुपचाप बस्ने । अब कांग्रेसको संगठन ध्वस्त हुन्छ भनेर एउटाले मात्रै चिन्ता गरेर हुँदैन । पार्टीका सबै नेता, कार्यकर्ताले त्यसमा सोचेर जाने हो भने मैले पनि त्यसको बारेमा सोच्ने हो । हिजो सदस्य बनेर आज टिकट लिएर जाने चलन कांग्रेसभित्र छ । यदि पार्टीबाट त्यस्तो भयो भने धेरै समय कांग्रेस पार्टीमा योगदान गरेर बसेका साथीहरु न्यूटल बस्नुपर्ने अवस्था हुन्छ । किनभने लामो समय कांग्रेस भएर बसेका साथीहरु अन्यत्र जान मिल्दैन । त्यसकारणले विरोध र समर्थन दुवै नगरी चुप लागेर त बस्न सकिन्छ नि ।
त्यसो भए कांग्रेसलाई भविष्यको लागि जीवन्त बनाउन के गर्नुपर्ला त ?
त्यसको लागि त पार्टीले लामो समय योगदान गरेका, पार्टी र जनतामाझ आफ्नो धरातल बनाएका, कुनै अनैतिक, अपराध र भ्रष्टाचारमा नफसेका, समाजमा स्वच्छ छवि भएका व्यक्तिहरुलाई छानेर टिकट दिनुपर्छ । पटक–पटक अवसर पाएर पनि देश र जनताको लागि केही गर्न नसक्ने, नातावाद, कृपावाद र भ्रष्ट छवि भएका, जनताका काम पटक्कै नगरेका व्यक्तिहरुलाई टिकट दिनुहुँदैन । यदि गठबन्धनका आडमा पटक–पटक खाइपाइ आएका, जनताका काम नगरेका र चुनावबाहेक जिल्ला नटेकेका, खाली शीर्ष नेताको घरदैलो चहारेर हिड्ने चाटुकारलाई फेरि पनि टिकट दिएर पठाउने हो भने कांग्रेसको लागि यो चुनाव फलामको चिउरा सावित हुनेछ । त्यसमा पार्टीका शीर्ष नेताहरुले ध्यान दिन जरुरी छ । अहिलेका जनता धेरै सोच, विचार गरेर भोट हाल्ने मुडमा पुगेका छन् । त्यसमा शीर्ष नेताहरुले हेक्का राख्न आवश्यक देखिन्छ ।
कांग्रेसभित्र राम्रालाई भन्दा हाम्रालाई काखी च्याप्ने चलन छ, यसलाई कसरी चिर्ने त ?
तपाईंले भनेजस्तै कांग्रेसभित्र वर्षौभरि विदेश मान्छे पठाएर, कमिशन खाएर पैसा कमाउने, त्यसरी कमाएको पैसा लगेर नेतालाई टक्र्याउने र पार्टीले पनि त्यस्तै मान्छेलाई टिकट दिने हो भने ती व्यक्तिलाई सहयोग गर्न जरुरी छैन । त्यसको लागि न्यूटल भएर बस्नुको विकल्प अर्को हुनै सक्दैन । मैले अगाडि पनि भनेको छु, यदि पार्टीले जनताप्रति उत्तदायी, समाजमा लोकप्रिय छवि भएको र जनताको पीरमर्का बुझेर आवश्यकता अनुसार काम गर्ने व्यक्तिलाई टिकट दिँदैन । खाली नेताको घरदैलो चहार्ने, पैसा, शक्ति र पावरलाई मुख्य मानेर टिकट दिइयो भने चुनाव जित्न गाह्रो छ । जति गठबन्धन गरेपनि अहिलेको परिप्रेक्षमा जनताको रोजाइमा नपरेको मान्छेलाई चुनाव जित्दैन ।
रोजगारी र अध्ययनको सिलसिलामा विदेसिने युवा वर्गलाई स्वदेशमै रोक्न के गर्नुपर्ला ?
अहिलेको नयाँ पुस्ता रहरले होइन बाध्यताले विदेशिएको हो । आफ्नो योग्यता, क्षमता र सीप अनुसार नेपालमै रोजगारी र अध्ययन गर्ने अवसर पाउने हो भने उनीहरु विदेशिने थिएनन् । त्यसको लागि राजनीतिक पार्टी र सरकारले सोच्नुपर्ने हो । ती विदेशिने युवायुवतीका लागि रोजगारयुक्त प्राविधिक शिक्षाको आवश्यकता छ । यदि विदेशै जानु परेपनि सीपमुलक प्राविधिक ज्ञान भएको खण्डमा उचित पारिश्रमिक पाउने थिए । अहिलेसम्म जतिपनि युवा शक्ति विदेशिएका छन् । उनीहरुले उचित पारिश्रमिक त्यहाँ पनि पाएका छैनन् ।
कतिपय वैदेशिक रोजगारका कर्मचारी र विचौलियाको फन्दामा परेर विदेशमा अलपत्र पर्नुपरेको छ । कतिपय काम पाएर पनि उचित सीप र क्षमता अभावका कारण भनेजस्तो पारिश्रमिक पाउनबाट बञ्चित हुनुपरेको छ । त्यसमा पार्टीका नेता र सरकारले सोच्नुपर्ने हो । यदि मैले स्याङ्जाको क्षेत्र नं. प्रदेश ‘ख’ को प्रदेश सांसदमा टिकट पाए र यहाँका जनताले जिताउनुभयो भने युवामैत्री स्वरोजगारमुखी कार्यक्रम ल्याउने छु । व्यवसायिक तथा प्राविधिक शिक्षालाई जोड दिनेछु । जसको कारणले यहाँका युवाहरु आफ्नै देशमा व्यवसायिक र स्वरोजगार बन्नेछन् । त्यसको लागि स्याङ्जा जस्तो सचेत नागरिक भएको जिल्लामा सम्भव पनि छ । मेरो पहल त्यसैमा केन्द्रित रहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
नेपाल प्रहरीका १४ डीएसपीको सरुवा, बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार