पाँच क्षेत्रबाट प्रत्यक्षको सिफारिसमा परेकी प्रधानमन्त्री पत्नी देउवा समानुपातिकको एक नम्बरमा, महामन्त्री शर्मा पुगे निर्वाचन आयोग
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार २३:३:३
३ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पत्नी आरजु देउवालाई समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । उनी समानुपातिकतर्फ एक नम्बरमा परेको बताइएको छ । उनीसँगै सहमहामन्त्रीद्वय फर्मुल्लाह मन्सुर र जीवन परियार तथा पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ पनि समानुपातिकमा परेका छन् ।
कांग्रेसले प्रत्यक्षतर्फ पाँच ठाउँबाट सिफारसमा परेकी उनलाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाएको हो । उनले कुनै पनि निर्वाचन क्षेत्रबाट जित्ने अवस्था नदेखिएपछि समानुपातिकमा राखेको बताइएको छ । कैलाली–५ सहित देशका विभिन्न ५ ठाउँबाट प्रतिनिधिसभामा उम्मेदवारका रूपमा नाम सिफारिस भएपनि अन्तिममा उनलाई प्रधानमन्त्री पत्नी भएकै कारण समानुपातिकमा राखिएको नेताहरुले बताएका छन् ।
यसअघि २०७४ मा आरजु कैलाली–५ बाटै प्रत्यक्ष निर्वाचन लडेकी थिइन् । उनलाई एमालेका नारदमुनि रानाले चुनाव हराएका थिए । मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ ।
समानुपातिकतर्फ बन्द सूचीलाई अन्तिम रूप दिन अहिले कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक चलिरहेको छ । एक पदाधिकारीले दिएको जानकारी अनुसार अहिले समितिको बैठक चलिरहेको र निर्वाचन आयोगमा कानुनसम्मत तरिकाले बन्द सूची बुझाउनका लागि महामन्त्री विश्वप्रकाश शर्मालाई आयोग पठाइएको छ । उनी उम्मेदवारको सूची नलिइ निर्वाचन आयोग पुगेका हुन् ।
कानुनबमोजिम प्रतिनिधिसभा र प्रदेशसभामा ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । जसअनुसार प्रतिनिधिसभाका २७५ मध्ये ११० जना र सातवटै प्रदेशसभामा २२० जना सदस्य समानुपातिकतर्फबाट निर्वाचित हुन्छन् । त्यसैका लागि दलहरुले सोमबारसम्म आ–आफ्नो दलका तर्फबाट आयोगमा उम्मेदवारको सूची दर्ता गर्न लागेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार