बन्दसूची पेस गर्ने क्रम जारी, तयारी नै नगरि बन्दसूची बुझाउन आयोग पुगे दलहरु
नेपालबहस संवाददाता
असोज ३, २०७९ मंगलबार ३:५४:५६
३ असोज, काठमाडौं। राजनीतिक दलहरुले पूर्व तयारी नै नगरि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगका अनुसार राति दश बजेसम्म मात्र १६ वटा राजनीतिक दलले प्रतिनिधिसभातर्फ उम्मेदवारको बन्दसूची पेस गरेका छन् ।
आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न दुई दिनको समय उपलब्ध गराएपनि राजनीतिक दलहरुले दोस्रो तथा अन्तिम दिनको अन्तिम समयमा मात्रै सूची पेस गर्न आयोग पुगेको हो । अबेर रातिसम्म राजनीतिक दलहरुले आयोग परिसरमै आ आफ्ना निबासमा रहेका पार्टी नेतृत्वको निर्देशन बमोजिम उम्मेदवारको सूची तयार गर्दैछ ।
सत्ता घटक प्रमुख दल नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टीले राति आठ बजेसम्म उम्मेदवारको निक्र्योल गरिसकेको पाइएन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आयोगबाट निस्केपछि सहमहामन्त्री जीवन परियार, महेन्द्र यादव लगायतका नेता शीर्ष नेतृत्वको निर्देशन कुर्दै बन्दसूची तयार गर्दै थिए । गत् सोमबार नै उम्मेदवारको टुङगो लगाएको दाबी गरेको नेकपा(एमाले)ले समेत बन्दसूचीका उम्मेदवारको अन्तिम नामावली बेलुकी सबा सात बजेसम्म बुझाएन । नेकपा(एकीकृत समाजवादी)ले पनि बेलुकी सबा सात बजे मात्रै बन्दसूची पेस गर्यो ।
नेकपा(एमाले)बाट बन्दसूची पेस गर्न महासचिव शंकर पोखरेल, विष्णु रिमाल, निरज आचार्य लगायतका नेता पुगेका छन् । नेकपा(माओवादी केन्द्र)बाट महासचिव देव गुरुङ्ग तथा लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल लगायतका नेता पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार