५१ दलले धरौटी जमा गरे, २९ ले उम्मेदवारको सूची बुझाए
नेपालबहस संवाददाता
असोज ३, २०७९ मंगलबार ५:१५:२६
३ असोज, काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सोमबार राति अबेरसम्म २९ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गरेका छन् । आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरुलाई दल दर्ताको आह्वान गर्दा ७६ दलबाट ६८ निवेदन परेको थियो ।
समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राति साढे ११ बजेसम्म प्रतिनिधिसभामा उम्मेदवारी दिन ५१ वटा दलले धरौटी बुझाएका छन् । सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले धरौटी बुझाएका र आयोग परिसरमा सूची पेस गर्न उपस्थित दलको बन्दसूची पेस हुने बताए ।
उनका अनुसार राति अबेरसम्म नेकपा(एमाले), नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदूर किसान पार्टी, जनमत पार्टी, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालको उम्मेदवारको बन्दसूची पेस हुने क्रममा रहेको आयोगले जनाएको छ । आयोगले परिसरमा रहेका सबै दलको उम्मेदवारको बन्दसूची रुजू गरेर बुझ्ने क्रम जारी रहेको जनाएको छ । त्यसैगरी, राष्ट्रिय बाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, नेपालका लागि नेपाली पार्टीले उम्मेदवारको बन्दसूची बुझाएको आयोगले जनाएको छ ।
प्रदेशसभा तर्फ प्रदेश १ मा १६, मधेश प्रदेशमा १६ र बागमती प्रदेशमा २० राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् । अन्य राजनीतिक दलको उम्मेदवारको सूची बुझ्ने क्रममा रहेको आयोगले जनाएको छ । गण्डकी र लुम्बिनीमा एघार÷एघार, कर्णालीमा दश र सुदूरपश्चिममा १३ राजनीतिक दलको उम्मेदवारको सूची पेस भएको आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार