५१ दलले धरौटी जमा गरे, २९ ले उम्मेदवारको सूची बुझाए
नेपालबहस संवाददाता
असोज ३, २०७९ मंगलबार ५:१५:२६
३ असोज, काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सोमबार राति अबेरसम्म २९ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गरेका छन् । आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरुलाई दल दर्ताको आह्वान गर्दा ७६ दलबाट ६८ निवेदन परेको थियो ।
समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राति साढे ११ बजेसम्म प्रतिनिधिसभामा उम्मेदवारी दिन ५१ वटा दलले धरौटी बुझाएका छन् । सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले धरौटी बुझाएका र आयोग परिसरमा सूची पेस गर्न उपस्थित दलको बन्दसूची पेस हुने बताए ।
उनका अनुसार राति अबेरसम्म नेकपा(एमाले), नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदूर किसान पार्टी, जनमत पार्टी, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालको उम्मेदवारको बन्दसूची पेस हुने क्रममा रहेको आयोगले जनाएको छ । आयोगले परिसरमा रहेका सबै दलको उम्मेदवारको बन्दसूची रुजू गरेर बुझ्ने क्रम जारी रहेको जनाएको छ । त्यसैगरी, राष्ट्रिय बाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, मितेरी पार्टी नेपाल, नेपालका लागि नेपाली पार्टीले उम्मेदवारको बन्दसूची बुझाएको आयोगले जनाएको छ ।
प्रदेशसभा तर्फ प्रदेश १ मा १६, मधेश प्रदेशमा १६ र बागमती प्रदेशमा २० राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् । अन्य राजनीतिक दलको उम्मेदवारको सूची बुझ्ने क्रममा रहेको आयोगले जनाएको छ । गण्डकी र लुम्बिनीमा एघार÷एघार, कर्णालीमा दश र सुदूरपश्चिममा १३ राजनीतिक दलको उम्मेदवारको सूची पेस भएको आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
संविधान संशोधन गर्न संयुक्त कार्यदल बन्दैछः गृहमन्त्री
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार
कास्की अदालतमा छविको सकिएर पछाईंको बयान सुरु
पुष ९, २०८१ मंगलबार