लमजुङको दुराडाँडा-बाख्रेजगत जोडने सडक कालोपत्रे गर्न शिलान्यास
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार १५:५९:८
४ असोज, लमजुङ । संघीय शहरी विकास मन्त्री मेटमणी चौधरीले लमजुङको दुराडाँडामा सत्रसय-अर्चल्यानी-दुराडाँडा-तुर्लुङकोट-पुरानकोट-बाख्रेजगत सडक स्तरोन्नति (कालोपत्रे) गर्न शिलान्यास गरेका छन् ।
संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका अनु्सार सुन्दरबजार नगरपालिका र वेसीशहरका केही वडा छुने उक्त सडकको लम्बाई डिपिआर अनुसार १५.२ किलोमिटर रहेको छ । डिपिआर अनुसार कूल ५१ करोड ९५ लाख ९३ हजार रुपैयाँ लागत लाग्ने छ । सडक खण्डले २ हजार घरका ९ हजार ५८७ जनसंख्यालाई प्रत्यक्ष लाभ पुग्ने बताइएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वय इकाई कास्कीको आयोजनामा भएको उक्त कार्यक्रमको सुन्दरबजार नगरपालिकाको समन्वय रहेको छ ।
शहरी विकास मन्त्रालयका सचिव डा। रमेश प्रसाद सिंहले सडक स्तरोन्नतिको काम अबको एक महिनाभित्रै टेण्डर आह्वान गरी डेढ महिनाभित्र सुरु हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार