आज राष्ट्रपतिको अन्तिम डेटलाइन, नागरिकता प्रमाणीकरण कि राजीनामा ?
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार १६:५१:१८
४ असोज, काठमाडौं । राष्ट्रपतिको भूमिकाप्रति सत्तारुढ दलहरु सशंकित बनिरहेका बेला स्वयं राष्ट्रपति विद्यादेवी भण्डारीमाथि नागरिकता विधेयकको विषयले संकट पैदा गरेको छ । यसै विषयमा विभिन्न क्षेत्रका ज्ञाता र पूर्वसुरक्षा अधिकारीहरुसँग पटकपटक परामर्श लिएर पनि राष्ट्रपति भण्डारी निष्कर्षमा पुग्न सकेकी छैनन् । आज (मंगलबार) प्रतिनिधिसभाले नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपतिसमक्ष पठाएको १५ दिन पुग्दैछ ।
उनले एमालेका उच्च तहका नेताहरुलाई नागरिकता विधेयक प्रमाणीकरण नगर्ने बरु राजीनामा दिने मनसाय राखेको चर्चा यस अघिनै आएको थियो । राष्ट्रपति भण्डारीले संवैधानिक समय सीमाभित्र रहेर काम गर्दा आज नागरिकता विधेयक प्रमाणीकरण गर्नेपर्छ । यो राष्ट्रपति पदको संवैधानिक बाध्यता पनि हो । उनले नागरिकता विधेयकमा भएका केही प्रावधानहरुका विषयमा सर्वोच्च अदालतसँग राय लिनसक्ने अवस्था पनि थियो । तर, उनले सर्वोच्चमा यसबारे राय मागिनन् ।
राष्ट्रपति भण्डारी सर्वोच्चको परमर्शमा पनि नगएपछि आज उनले नागरिकता प्रमाणीकरण गर्ने या पदबाट राजीनामा दिने भन्ने कुराको निर्णय गर्नुपर्ने हुन्छ । संविधनविदहरुका अनुसार राष्ट्रपतिलाई संविधानले नै प्रमाणीकरण नगर्ने अधिकार दिएको छैन् । यसकारणले पनि आज राष्ट्रपतिका कारण देशको राजनीतिक परिस्थितिमा केही उतावचढाव आउनसक्ने आशंका गरिएको छ ।
नागरिकता विधेयक प्रमाणीकरणकै विषयमा राष्ट्रपति भण्डारीले सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई शीतलनिवासमा बोलाएर अन्तिम छलफल गरेकी थिइन् । उनले प्रधानमन्त्रीसमक्ष नागरिकता प्रमाणीकरण गर्ने कि नगर्ने भन्नेबारे प्रष्ट नखुलाएको बताइएको छ । राष्ट्रपतिलाई भेट्न जानुअघि देउवाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग पनि सल्लाह गरेका थिए । भेटका क्रममा देउवाले नागरिकतामा थप्नुपर्ने विषय अर्को संसद आएपछि पुनः राख्न सकिने र अहिले विधेयक प्रमाणीकरण गरेर नागरिकता वितरण नगरे मधेशमा आन्दोलन चर्कने र निर्वाचनलाई प्रभाव पार्न सक्ने बताएका थिए ।
राष्ट्रपति भण्डारीले संवैधानिक समय सीमाभित्र नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्ने तत्परता नदेखाएपछि सरकार पनि सशंकित देखिएको छ । राष्ट्रपतिबाट संकेत नपाएपछि विधेयक प्रमाणीकरण नभए के गर्ने भन्नेबारेमा प्रधानमन्त्री देउवासमेत अन्योलमा परेका छन् । प्रतिनिधिसभा अन्त्य भइसकेको अवस्थामा नागरिकता विधेयकमाथि राजनीति गरेर राष्ट्रपति भण्डारीले निर्वाचनको वातावरण धमिलो बनाउन खोजेको आशंका सत्ता गठबन्धनमा छ ।
समानुपातिक उम्मेदवार छनोट गर्ने बैठकमा व्यस्त भइरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यस विषयमा सोमबार बालुवाटारमा करिब आधा घण्टा छलफल गरेका थिए । राष्ट्रपतिले संविधान दिवसका अवसरमा आयोजना गरेको चियापानमा जानुअघि देउवा र दाहालबीच बालुवाटारमा छलफल भएको हो । नागरिकता विधेयक प्रमाणीकरण नहुँदा सडक संघर्ष चर्कन सक्ने र त्यसले निर्वाचनको वातावरण बिगार्न सक्ने चिन्ता देउवा र दाहालले गरेका थिए । राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे सरकार नै अदालतमा जाने विषयमा समेत छलफल भएको थियो ।
चियापानको औपचारिक कार्यक्रमअघि देउवाले राष्ट्रपति भण्डारीलाई भेटेर विधेयक जारी गर्नुपर्ने संवैधानिक बाध्यता उल्लंघन नगर्न सुझाएको उनी निकट स्रोतको भनाइ छ । प्रमुख प्रतिपक्ष एमालेले भित्रभित्रै निर्वाचन सार्न खोजेको र त्यसैलाई बल पुग्ने गरी राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको बुझाइ प्रधानमन्त्री देउवामा पनि रहेको स्रोत बताउँछ । एमालेका केही नेताहरुले भने राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताउँदै आएका छन् ।
संसदsf दुवै सदनले दोस्रो पटक पारित गरेको नागरिकतासम्बन्धी विधेयक सभामुख अग्नि सापकोटाले भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए । सरकारले त्यसपछि पठाएका अन्य विधेयक प्रमाणीकरण गरेकी राष्ट्रपति भण्डारीले नागरिकता विधेयक भने रोकेर राखेकी छन् । विधेयक सम्बन्धित सदनमा एकपटक फिर्ता गर्नसक्ने संवैधानिक अधिकार राष्ट्रपतिलाई भएपनि दोस्रो पटक आएको विधेयक रोक्ने र अन्य विकल्प खोज्ने अधिकार संविधानले दिएको छैन ।
राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएका अनौपचारिक छलफललाई केही यसअघि कही राजनीतिक विश्लेषकहरुले चुनाव सार्ने खेलको रुपमा औल्याएका थिए । शीतलनिवास निकट उच्च स्रोतका अनुसार राष्ट्रपति भण्डारी नागरिकता विधेयक प्रमाणीकरण र राजीनामाभन्दा तेस्रो विकल्पमा जाने सम्भावना बढी देखिएको छ । पार्टी विभाजनका कारण कमजाेर अवस्थामा पुगेको नेकपा एमालेबिरुद्ध पाँचदलीय सत्ता गठबन्धन छ । आगामी निर्वाचनमा गठबन्धनबीच उचित सीट बाँडफाँड भएमा एमालेलाई तेस्रो शक्तिका रुपमा उभ्याउन पनि ओलीलाई कठिन छ ।
अध्यक्ष ओलीले निर्वाचन अगावै सत्ता गठबन्धनमा विभाजन आउने भविश्यवाणी गरेका थिए । तर, त्यो अहिलेसम्म सम्भव भएको छैन् । यसैले ओली नागरिकताको विषयमा मधेशमा आन्दोलन चर्काएर चुनाव सार्ने वातावरण बनाउनका लागि राष्ट्रपति भण्डारीलाई हतियार बनाएर अगाडी जाने रणनीति बनाइरहेका छन् । यसका लागि ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लासपा) सँग कुरा मिलाइरहेका छन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयक आज प्रमाणीकरण नगरे यसै साताबाट अघोषित रुपमा एमालेलाई अगाडी सारेर मधेशमा आन्दोलन चर्काउने तयारीमा ओली रहेको बताइन्छ ।
नागरिकताका लागि जनता सडकमा उत्रिएको भान पार्ने गरी एमाले कार्यकर्तालाई आगो बाल्न लगाउने र पछि लोसपाले सहयोग गर्ने सहमति लगभग भइसकेको उच्च स्रोतको भनाइ छ । लोसपा आन्दोलनमा गएपछि बाध्यताबस जनता समाजवादी पाटी (जसपा) पनि आन्दोलनमा जाने र मधेशमा अन्दोलन चर्किएपछि वर्तमान सरकारलाई असक्षम सावित गराई अर्को सर्वदलीय चुनावी सरकार बनाउने र आगामी बैशाखमा निर्वाचनको अर्को मिति तकेर जाने ओली रणनीतिलाई राष्ट्रपतिले साकार बनाउने निश्चित छ ।
यसैले पनि राष्ट्रपति भण्डारी पहिलो र दोस्रो विकल्पमा नगई तेस्रो विकल्पमा जाने तयारी गरिरहेकी छन् । यस विषयमा राष्ट्रपति र सुरक्षा निकायका उच्च अधिकारीबीच पनि छलफल भएको छ । उनले नेपाली सेनाका पूर्वअधिकारीहरुमार्फत सैनिक उच्च तहमा आगामी रणनीतिको ब्रिफिङ गराएको स्रोतको दावी छ । राष्ट्रपतिबाट आज नागरिकता विधेयक प्रमाणीकरण नभए आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन असम्भव बन्ने उच्चस्रोतको दावी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
इतिहासकै कमजोर आईजीपीको सुरः निरीह, एकलकाँटे, छाँया र सधैँ हस् हजुर....
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
सेनाले भन्यो– कंगोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्
माघ १३, २०८१ आइतबार
त्रिकोणात्मक टी–२० शृङ्खलाः इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा
माघ १३, २०८१ आइतबार
सरकार फेरिन सक्छ, तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : उपमहासचिव पुन
माघ १३, २०८१ आइतबार
सुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार